मेस्सीले पेनाल्टी चुकाउँदा जीतबिहिन बन्यो अर्जेन्टिना, आइसल्याण्डसंग अंक बाड्न बाध्य - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 16, 2018

मेस्सीले पेनाल्टी चुकाउँदा जीतबिहिन बन्यो अर्जेन्टिना, आइसल्याण्डसंग अंक बाड्न बाध्य


असार २, काठमाडौँ । विश्व फुटबलको हस्ती मानिने अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले हम्मे हम्मे पारेको छ। स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई आइसल्याण्डले १–१ को बराबरीमै रोक्यो ।

कप्तान लियोनल मेसीले ६३ औं मिनेटमा पाएको पेनाल्टी चुकाएपछि पहिलो खेलमै अर्जेन्टिना जितबिहिन हुन पुग्यो । पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको आइसल्याण्डलाई दवावमा राखेपनि अग्रता जोगाउन नसक्दा जितविहिन हुन पुगेको हो ।

अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो ऐतिहासिक पहिलो विश्वकप गोल गर्ने स्ट्राइकर बने २९ वर्षका अल्फ्रेड फिनबोगासन ।
मेसीले यो खेलमा पेनाल्टि मात्रै चुकाएनन् अर्जेन्टिनालाई टिमलाई जिताउने मौका समेत गुमाए । अर्जेन्टिना साविक उपविजेता हो ।
छनौट चरण नै मुस्किल बनेको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन गर्न सकेन । यो समुहमा यी दुईसहित क्रोयसिया र नाइजेरिया छन् ।

धेरै पटक पढिएको