विश्वकप फुटबलमा आज तीन खेल हुँदै, गएरातीको खेलमा पोर्चुगल, स्पेन र उरुग्वे बिजयी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

विश्वकप फुटबलमा आज तीन खेल हुँदै, गएरातीको खेलमा पोर्चुगल, स्पेन र उरुग्वे बिजयी

असार ७, काठमाडौँ । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । 
समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे सामरा एरिनामा हुनेछ। पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलिया प्रतियोगितामा जीवित रहन जित्नैपर्ने दबाबमा छ। 

आजै हुने दोस्रो खेलमा फ्रान्स र पेरु भिड्नेछन् । एकातेरिनवर्ग एरिनामा नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुने खेल पेरुका लागि ‘गर वा मर’को अवस्थामा छ । 

आजै राति पौने १२ बजे अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् । पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जे्न्टिना आज कुनै पनि हालतमा जितका लागि मैदानमा उत्रिनेछ । उता पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया पनि लगातार दोस्रो जितका साथ अन्तिम १६ मा स्थान सरक्षित गर्ने अभियानमा हुनेछ ।

यसैविच गयराती भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानलाई १–० गोल अन्तरले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा डिएगो कोष्टाले स्पेनका लागि गोल गरेका हुन् । यो जितसँगै समूह बी को स्पेनले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

यस्तै गयरातीकै अर्को खेलमा उरुग्वेले लगातार दोस्रो जित निकालेको छ । एसियाली राष्ट्र साउदी अरेबियालाई १–० गोल अन्तरले हराउँदै उरुग्वेले लगातार दोस्रो जित निकालेको हो । 

त्यसअघि भएको खेलमा क्रिस्टियानो रोनाल्डोले गरेको गोलमा पोर्चुगत बिजयी भएको छ । पोर्चुगलले मोरक्कोलाई १–० ले हराएको हो । रोनाल्डोले खेलको चौथो मिनेटमै गोल गर्नुभएको थियो । यो सँगै जारी विश्वकपमा रोनाल्डो गोल संख्या चार पुगेको छ । जित पछि समूह चरणमा पुग्ने पोर्चुगलको सम्भावना बलियो बनेको छ । 

धेरै पटक पढिएको