मेस्सीलाई आज मध्यराती अर्को मौका, नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नै पर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, June 21, 2018

मेस्सीलाई आज मध्यराती अर्को मौका, नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नै पर्ने

असार ७, ।  मेस्सीलाई आज मध्यराती अर्को मौका  विश्वकप फुटवलमा आज राती समुह सी र डी अन्तरगत बिभिन्न ३ खेल हुँदैछन् ।  

समुह डी अन्तरगतको खेलमा मध्यराती अर्जेन्टिनाले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा लियोनेल मेसी पेनाल्टीमा चुकेपछि पहिलो खेलमा नै नवप्रवेशी आईसल्याण्डसँग अंक बाढ्न बाध्य अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आज नितान्त जित आवश्यक छ । क्रोएसिया भने नाईेजेरियालाई पराजित गर्दै ३ अंकमा शीर्ष स्थानमा कायम छ ।  

समुह सी अन्तरगतका खेलमा भने डेनमार्क र अष्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा ड्नमार्कले पेरुलाई र फ्रान्सले अष्ट्रेलियालाई पराजित गरेका थिए । साँझ पौने ६ बजे हुने खेलमा अष्ट्रेलियाविरुद्ध जित निकाल्दै डेनमार्क एक खेल अगावै नकआउट चरणमा स्थान बनाउने दाउमा हुनेछ भने अष्ट्रेलिया सम्भावना कायम राख्न पहिलो जितको खोजीमा मैदान उत्रनेछ । 

सोही समुहको अर्को खेलमा फ्रान्स र पेरु आमने सामने हुनेछन् । रसिया विश्वकपको बलियो टोलीमध्ये एक फ्रान्सको प्रिक्वाटरफाइनल यात्रा आज जित हात पारे सुनिश्चित हुनेछ ।  

धेरै पटक पढिएको