राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक

असार ७ , काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरुको खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले सञ्चालन गरेको वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले बिहीबार सार्वजनिक गरेको हो ।

वरिष्ठ सहायक (नगद) मा खुला, महिला, आदिबासी, मधेसीलगायतमा ३० पदका लागि दरखास्त आह्वान भएकामा ९० जना लिखित परीक्षामा सफल भएका छन् । ६ जना माग गरिएको वरिष्ठ सहायक (कम्प्यूटर अपरेटर) काे लिखित परीक्षामा भने ७ जना मात्रै उत्तीर्ण भएका छन् । 

दलित आरक्षण सिटकाे काेही पनि सफल भएनन् । दलित अारक्षणतर्फ १ जना माग भएकाेमा काेही पनि उत्तीर्ण नभएका हुन् ।

लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीलाई बैंकले अन्तरर्वार्तामा सहभागी हुन आह्वान गरेको छ ।

धेरै पटक पढिएको