मनोज गजुरेलको ‘सय कडा दश’को छायांकन सकियो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 10, 2018

मनोज गजुरेलको ‘सय कडा दश’को छायांकन सकियो

जेठ २७, काठमाडौँ । चलचित्र ‘सय कडा दश’को छायांकन सकिएको छ । यो चलचित्रको मुख्य भूमिकामा हाँस्य कलाकार मनोज गजुरेल छन् । साथमा, अमृत ढुंगाना र करुणा श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ । चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथरमा गरिएको छ ।

मंसिरमा रिलिज गर्ने लक्ष्य राखिएको यो चलचित्रको त्यसअघि च्यारिटी हुनेछ । भ्रष्टाचारविरुद्ध सदाचार समाजको निर्माणका लागि एक पात्रले गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ ।
रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको यो चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

धेरै पटक पढिएको