३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 11, 2018

३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने

जेठ २८, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरुले अर्को मुद्दा पनि खेप्नु पर्ने भएको छ । प्रहरी अधिकारीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन लागिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार बिहान काठमाडौं ल्याइसकेको छ ।
उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं ल्याएको बेला सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले पनि थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

संगठित अपराध, आतंकवाद एवं कालो धनलाई सेतो बनाएवापत लाग्ने सम्पत्ती शुद्धीकरणको मुद्दामा सामान्य अवस्थामा भन्दा दोब्बर सजायँ हुन सक्छ । साथै, उनीहरुले आर्जन गरेको सम्पत्ति राज्यको जफतसमेत गर्न सक्छ ।

प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

धेरै पटक पढिएको