१२ वर्षपछि विश्वकप खेलेको स्वीडेनसँग दक्षिण कोरिया १–० ले पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 18, 2018

१२ वर्षपछि विश्वकप खेलेको स्वीडेनसँग दक्षिण कोरिया १–० ले पराजित

असार ४,काठमाडौं । विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग पराजित भएको छ । 
खेलको ६५ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । यसअघि मैत्रीपूर्ण २ खेल बराबरी भएपनि विश्वकपमा यी दुई देश पहिलो पटक भिडेका हुन्।

स्वीडेनलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा ६५ औं मिनेटमा आन्द्रेस ग्रानभिस्टले गोल गरे । कोरियाका खेलाडीले डिबक्समा लडाएपछि स्वीडेनले ऐतिहासिक जित निकाल्ने मौका पाएको हो ।

समूह एफकै पहिलो खेलमा मेक्सिकोले साविक विजेता जर्मनीलाई पराजित गर्दै तीन अंक बटुलेको छ ।

स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो । उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो। करिब डेढ दशक स्वीडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभावमा पनि टोलीले जीत दर्ता गरेको हो ।

इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।
सन् १९५८ को विश्वकपमा फाइनल पुगेको स्वीडेन त्यसपछि सन् १९९४ को विश्वकपमा मात्र सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता विश्व फुटबलमा उसको उपस्थिती बलियो रहन सकेको छैन ।

यता दक्षिण कोरिया लगातार नवौं पटक विश्वकप खेलेको हो ।

सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता यो प्रतियोगितामा प्रभावशाली देखिन सकेको छैन ।

दक्षिण कोरियाले पछिल्ला ८ वटा विश्वकप सहभागितामा केवल दुई पटक मात्र समूहगत चरण पार गर्न सकेको छ । उसले सन् २०१० को विश्वकपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

धेरै पटक पढिएको