वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 18, 2018

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

असार ४, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। 
लामो समय देखि पित्त नलीको क्यान्सरबाट पीडित रहेका डा. देवकोटाको सोमबार बेलुका ५ : ३५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ। 

उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो। उक्त कुरालाई पारिवारीक स्रोतले पनि पुष्टी गरेको छ। बेलायतमा ६ महिनाभन्दा बढी समय उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। 

पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको चिकित्सकहरूले बताउँदै आएका थिए। लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो । 

देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो २ बजे पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाहगृहमा हुने भएको छ।

उनलाई मङ्गलबार बिहान ८ बजेदेखि १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिने परिवार स्रोतले जानकारी दिएको छ। उनको सात दिनको किरिया गरिने जानकारी पनि परिवारस्रोतले दिएको छ।

न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो। उनी ६५ वर्षका थिए। उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन्। जेठी छोरी मेधा पनि डाक्टर हुन्।

धेरै पटक पढिएको