तीते करेलाको यस्तो मिठो फाईदा.... - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 18, 2018

तीते करेलाको यस्तो मिठो फाईदा....

असार ४, काठमाडौँ । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक छ । करेलाका केही फाइदा यस्ता छन्ः-
– शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ      पुर्या‍उँछ । 
– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ । 
– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ । 
– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।
– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।
– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको               मात्रालाई नियन्त्रित गर्छ ।
– करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।
– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

धेरै पटक पढिएको