सवारी सञ्चालनमा रोक लागएको विरोधमा मन्थलीमा ढाकर जुलुस - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 16, 2018

सवारी सञ्चालनमा रोक लागएको विरोधमा मन्थलीमा ढाकर जुलुस

असार २, रामेछाप । रामेछापका उद्योगी व्यवसायी र स्थानीयले शनिबार सदरमुकाम मन्थलीमा डोको नाम्लोसहित ढाकर जुलुस निकालेका छन् ।
बीपी राजमार्गमा १० टनभन्दा यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लागएको विरोधमा उनीहरुले ढाकर जुलुस निकालेका हुन् । रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको जुलसमा स्थानीयबासी पनि सहभागी थिएका थिए ।
सिन्धुली प्रशासनले दोलखा प्रशासनसँग मिलेर रामेछापबासीलाई ढाकरमा भारी बोक्न वाध्य पारेकोले ढाकर जुलुश निकाल्नु परेको उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशव घिमिरेले बताए ।

बीपी राजमार्गमा १० टन माथिका मालवाहक र १८ सिट माथिका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयले खुला गरेपनि सर्वोच्च अन्तरिम आदेशबाट रोकेको छ ।
यसको विरोधमा रामेछापका व्यवसायी र उपभोक्ताहरु आन्दालनरत छन् ।

धेरै पटक पढिएको