एसईई नतिजाको लागि कम्तिमा ५ दिन पर्खनुपर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

एसईई नतिजाको लागि कम्तिमा ५ दिन पर्खनुपर्ने

असार ६, भक्तपुर। २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

गएको चैत ८ गतेदेखि भएको एसईई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

धेरै पटक पढिएको