विश्वकपमा यी हुन् आजका तीन भिडन्त, गएरातीको खेलमा रुस, सेनेगल र जापान विजयी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, June 19, 2018

विश्वकपमा यी हुन् आजका तीन भिडन्त, गएरातीको खेलमा रुस, सेनेगल र जापान विजयी

असार ६, । विश्वकप फुटबलमा आज तीनओटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ। समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो । 

आजै बेलुकी पौने ९ बजे सुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया भिड्नेछन् । पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ ।

यस्तै समूह ‘बी’कै अर्को खेलमा आज स्पेन र इरान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ । 

यसअघि गएराती भएको खेलमा इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ । गएराति भएको दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ । पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । 


यस्तै पोल्यान्डलाई हराउँदै सेनेगलले विश्वकप फुटबल २०१८ मा विजयी सुरुआत गरेको छ । रुसको मस्कोस्थित स्पार्टाक स्टेडियममा हिजो राति भएको समूह ‘एच’को दोस्रो खेलमा अफ्रिकन राष्ट्र सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको हो । 

यस्तै हिजै सम्पन्न पहिलो खेलमा विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ । विश्वकपका विभिन्न संस्करणमा एसियाली देशहरुको दक्षिण अमेरिकी देशसँग १७ पटक भेट भएको छ । तर यसअघि कुनै पनि एसियाली टिमले दक्षिण अमेरिकी राष्ट्रलाई हराउन सकेको थिएन । यति मात्र होइन, जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदला समेत लिएको छ । 

अघिल्लो संस्करणमा जापान ४–१ ले पराजित भएको थियो।

धेरै पटक पढिएको