मृतकका आफन्तको प्रदर्शनका कारण पाटन अस्पताल तनावग्रस्त - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 18, 2018

मृतकका आफन्तको प्रदर्शनका कारण पाटन अस्पताल तनावग्रस्त

असार ४, काठमाडौं । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रर्दशन गरेपछि ललितपुरको पाटन अस्पाताल तनावग्रस्त बनेको छ । 
ललितपुरको गोदाबारीका १७ बर्षीय क्रिष्चल देसारको मृत्युपछि उनका आफन्तले नाराबाजीसहित अस्पातालमा अहिले प्रदर्शन गरिरहेका छन् । १४ दिनदेखी सोही अस्पातालमा उपचार गराईरहेका देसारको एपेन्डिसाईटिसका कारण आज बिहान मृत्यु भएको हो । 
एपेन्डिसाईटिस भएको हुनसक्ने भन्दै उपचारका लागि बारम्बार आग्रह गर्दा समेत चिकित्सकले वास्ता नगरेकाले समयमै उपचार पाउन नसक्दा क्रिष्चलको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । 
२४ घण्टाभित्र अप्रेशन गर्नुपर्ने बिरामीलाई अस्पातालले अनेक बहानामा अप्रेशन गर्न ढिलाई गरेको उनीहरुको आरोप छ । 
अहिले अस्पातालमा मृतकका आफन्त, प्रहरी र अस्पाताल प्रशासनबीच छलफल भईरहेको छ ।  
अस्पातालका निर्देशन डा.बिष्णु प्रसाद शर्माले घटनाबारे अनुसन्धान भइरहेको भन्दै चिकित्सकको रिर्पोट अध्ययन गरेर आबश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।

धेरै पटक पढिएको