गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्षको, अर्थमन्त्री खतिवडाको सांसद पद दुई वर्षसम्म - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, June 18, 2018

गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्षको, अर्थमन्त्री खतिवडाको सांसद पद दुई वर्षसम्म

गृहमन्त्री रामबहादुर थापा (तस्वीर: onlinekhabar.com)
४ असार , काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ ।
राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । 
यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री हुनुहन्छ । आज भएको गोलाप्रथामा उहाँलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् । 

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका थिए । राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । 
यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष कायम भएको छ । 
यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठ्ठा परेको छ ।

राष्ट्रियसभामा महिला सांसदको कार्यकाल टुंगियो 
राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई ६ वर्षको पदावधि मिलेको छ । 
त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ । 
यसैगरी सदस्यहरु सरिता प्रसाईं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ।

धेरै पटक पढिएको