विश्वकपमा आज चार खेलः धेरै दर्शक मेस्सीकै खेलको प्रतिक्षामा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, June 15, 2018

विश्वकपमा आज चार खेलः धेरै दर्शक मेस्सीकै खेलको प्रतिक्षामा

असार २, काठमाडौं । विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।

दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।
सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।
आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ ।
आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।

धेरै पटक पढिएको