२९ जेठ, काठमाडौं । ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।
संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।
उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।
दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

