काभ्रेको रोशीमा पहिरो, वीपी राजमार्ग अवरुद्ध - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, June 14, 2018

काभ्रेको रोशीमा पहिरो, वीपी राजमार्ग अवरुद्ध


१ असार, काभ्रे । बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ । अविरलकाे वर्षाले खहरे खोलामा आएको लेदोले काभ्रेको रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खस्दा राजमार्गकाे अावागमन प्रभावित बनेकाे छ ।
पहिरोले दुईतर्फकै सडक अबरुद्ध हुँदा शुक्रबार बिहान पाँच बजेदेखि नै आवागमन ठप्प भएको छ । काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै रोकिँदा यात्रु अलपत्र परेका छन्।
प्रहरीले अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, सडकमा आएको अवरोधबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको छ ।

धेरै पटक पढिएको