सूर्यविनायक बाँसघारीकोे गारनिस होटलमा महिला र पुरुष मृत भेटिए - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, June 20, 2018

सूर्यविनायक बाँसघारीकोे गारनिस होटलमा महिला र पुरुष मृत भेटिए

असार ७, भक्तपुर । भक्तपुरको एक होटलको कोठामा पुरुष र महिला मृत अवस्थामा फेला परेका छन् । 

अरनिको राजमार्गस्थित सूर्यविनायक नगरपालिका–९ बाँसघारीमा रहेकोे गारनिस होटलको कोठा नं. २०३ मा महिला र पुरुष मृत फेला परेका हुन् । मृत फेला पर्नेमा भक्तपुर नगरपालिका–३ दरवारस्क्वायर बस्ने बर्ष ३० का जीवन तोयना श्रेष्ठ र दोलखा जिल्ला बोच गाउँपालिका घर भएकी बर्ष २२ की मुन्नी तामाङ मृत भेटिएका हुन् ।

मंगलबारदेखि होटलको उक्त कोठमा बसेका उनीहरुले बुधबार ( आज) करिब दुई बजेसम्म पनि ढोका नखोलेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  होटल सञ्चालकले प्रहरीलाई खवर गरेपश्चात महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट गएको प्रहरी टोलीले कानुन बमोजिम कोठाको ढोका फोडेर हेर्दा दुई जना मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 प्रहरीले ढोका खोलेर कोठाभित्र हेर्दा तामाङ (महिला) खाटमा रगताम्य अवस्थामा मृत भेटिएकी थिइन् भने श्रेष्ठ (पुरुष) यटेज बाथरुम भित्रको नुहाउने सावरमा प्लाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई मृत अवस्थामा फेला परेका थिए । 

प्रहरीले घटनाबारे अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्राहरु समेत फेला परेको र  घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । 

धेरै पटक पढिएको