वातावरण दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 09, 2018

वातावरण दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण



विश्व वातावरण दिवसको अवसरमा बेथानचोक गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । “प्लास्टिक प्रदुषण निर्मुल पारौं, पुर्नप्रयोग गर्न नसके बहिस्कार गरौं” भन्ने नाराका साथ ग्रामिण विकास संस्थाको आयोजना तथा टि.डि.एच जर्मनी र ए.ई.आई एन लकजम्र्वरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यमा प्रभातफेरी सहित वृक्षारोपण गरेको हो । कार्यक्रममा वडा नं. २ का अध्यक्ष भगवान घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्य, वडा सचिव योगनाथ उपाध्याय, ग्रामिण विकास संस्थाका फिल्ड कोअर्डिनेटर खडानन्द गौतम, संस्थाका पुरुषोत्तम आचार्य, बेथानचोक गाउँपालिका स्तरीय युवा सञ्जाल तथा स्थानीयहरूको सहभागिता रहेको थियो । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको हो ।

धेरै पटक पढिएको