काभ्रेको बनेपाबाट लागुऔषधसहित एक युवक पक्राउ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, May 23, 2018

काभ्रेको बनेपाबाट लागुऔषधसहित एक युवक पक्राउ

काभ्रे, ९ जेठ । काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडोलबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले झापा जिल्ला घर भई बनेपा वडा नं. ९ बस्ने एलिस पौडेललाई लागुऔषध सहित पक्राउ गरेका हुन् ।

पौडेलको साथ बाट नाइट्राभेट १ सय ५० चक्की र एफुल तिन किसिमको मध्ये नफिल १० वटा र फनिगाम १० वटा र सेनिजेग १० बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शााहले उज्यालो नेपाललाई जानकारी दिए ।

साथीको कोठामा लागुऔषधसहित पौडेल लुकीछिपी बसेको विशेष सुचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेका हुन् । प्रहरीका अनुसार उनले लागुऔषध व्यवसायी समेत गर्ने गरेको खुलेको छ । पौडेल पक्राउ परेसँगै घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । पौडेलसँगै ती कार्यमा अन्य व्यक्तिहरु समेत सामेल हुन सक्ने प्रहरीको आशंका छ ।

उनी बनेपा पोलिटेक्निमा विबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । निजलाई लागुऔषध ऐन २०३३ अनुसारको जिल्ला अदालत काभ्रेबाट मुद्धा दायर गरी थप अनुसन्धान थालिएको छ ।

स्रोतः उज्यालो नेपाल डट कमबाट


धेरै पटक पढिएको