इन्जिनियरको टोली गाउँमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, January 28, 2016

इन्जिनियरको टोली गाउँमा

काभ्रे जिल्लाका भुकम्पबाट अतिप्रभावित गाविसहरुमा इन्जिनियरको टोलि खटिएका छन् । भूकम्प प्रभावित जिल्लामा आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम अन्तर्गत केन्द्रीय तथ्यांक विभाग र स्थानीय विकास मन्त्रालयको समन्वयमा गाउँ गाउँमा इन्जिनियरको टोली खटाइएको हो ।

काभ्रे जिल्ला तिन चरणमा शुरु गर्न लागेको कार्यक्रममा पहिल्लो पल्ट भुकम्पबाट अतिप्रभावित गाविसहरु बालुवापाटी देउपुर, गैरीविसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान, जैसीथोक मण्डन, ज्याम्दी मण्डन, चण्डेनी मण्डन, दोलालघाट, देविटार, रविओपी, खरेलथोक, पात्लेखेत, पाँचखाल न.पा.(साविक होक्सेबजार, साठीघरभगवती, पाँचखाल र देवभुमीबालुवा )मा इन्जिनियरसहितको टोली गएको स्थानिय बिकास अधिकारी टेकराज निरौलाले बताउनुभयो । टोलीले शुक्रबारबाट काम शुरु गर्ने छन ।

टोलीमा स्थानीयस्तरमा कार्यरत सामाजिक परिचालक, गाविस सहायक, जिल्ला हुलाकमातहतका स्थानीय कर्मचारी, स्वास्थ्य चौकीका अनमीहरु, महिला विकासका सामाजिक परिचालकसमेत टोलीमा रहेको निरौलाले बताउनुभयो ।
यसै अनुसार ४५ इन्जिनियरहरुले काठमाडौं लिभिङ ल्याब(केएलएल) मा तालिम लिएका छन भने स्थानीयमा खटिने कर्मचारीहरु ४५ जनाको तालिम शाखा तथ्यांक कार्यालय काभ्रेको आयोजनामा मंगलबारबाट सञ्चालन भइरहेको तथ्याक कार्यालयका अधिकृत दिनानाथ लम्सालले बताउनुभयो ।

टोलीले सम्बन्धित घरमा पुगेर यर्थात बिवरण ल्याउने र यथार्थ कुनै पनि पिडित भएमा घर बनाउनबाट बञ्चित नहोस भन्नका लागि पुन गाउँगाउँमा इन्जिनियरको टोलि खटाएको लम्सालले जानकारी दिनुभयो ।
बुधबार इन्जिनियरको टोलिलाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले यर्थाथ विवरण ल्याउन आग्रह गर्नुभयो ।
उहाँले निर्देशन दिदै भन्नुभयो– बास्तविक पिडित को हो, को होइन तपाईहरुले देख्नुहुने छ, आफुले देखेको यर्थाथ कुरा लेख्न नडराउनुहोस तपाईहरुलाई जुनसुकै समस्या परेपनि सामाधान गर्न सबै निकायहरु तयार रहेका छन । जिल्लाका ७५ गाविस र ५ नगरको चैत भित्रमा सक्ने लक्ष्य लिएको तथ्याक शाखाले जनाएको छ ।

धेरै पटक पढिएको