
४ पुस, ओखलढुंगा । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विश्वकै नमूना भएको बताएका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले एक साथ दुवै निर्वाचन सफलताका साथ सम्पन्न हुनु विश्वमै नमूना निर्वाचन भएको दावी गरेका हुन् । यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद दिनुभयो । निर्वचनका दौरान देशका केही स्थानमा छि
टपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सकिएको यादवले बताए। निर्र्वािचत जनप्रतिनिधीहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै जनताप्रति इमान्दार बन्न सुझाव पनि दिए । प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा पुग्नुभएको हो् ।