इन्धन अभावमा जनताले पाए सास्ती, धुलिखेलका रिसोर्ट पनि दाउरा युगमा पुगे - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, October 07, 2015

इन्धन अभावमा जनताले पाए सास्ती, धुलिखेलका रिसोर्ट पनि दाउरा युगमा पुगे

२० असोज
भारतको नाकाबन्दीका कारण नेपालीले दुई हप्ता भन्दा बढी भयो ईन्धन अभावाबमा सास्ती खेप्नु परेको छ ।

सरकारले कुनै ठोस कार्य गर्न नसक्दा नजिकिदो दशैँ प्रभावित हुने देखिएको छ। अफिस, बिद्यालय तथा आफ्नो कामको शिलसिलामा गन्तव्यमा जान नसक्दा पिडित नाबेका छन् ।
इन्धन अभाव भएपछि धुलिखेलका रिसोर्टले खाना बनाउन दाउराको प्रयोग गर्न थालेका छन् ।“ग्यासको अभाव भएपछि केही दिनयतादेखि दाउरा नै प्रयोग गर्न थालेका छौँ”–धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ श्रेष्ठले भन्नुभयो । उहाँले अहिले ‘कन्टीनेन्टल’ खाना बनाउन बन्द गरिएको जानकारी दिँदै मेनु परिवर्तन भएको बताउनुभयो ।

मैले त खानाका लागि दाउराको प्रबन्ध गरेको छु त्यसैले खानाका लागि नै समस्या नहोला सञ्चालक श्रेष्ठले भन्नुभयो । “अतिथिलाई दाउरा बालेर भएपनि खाना खुवाइन्छ, तर पहिलेकै अवस्थामा पर्याप्त मात्रामा खाना उपलब्ध हुँदैन”–क्षेत्रीय होटेल एसोसियसनका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।

इन्धन अभाव भएपछि बेलुका केही समय अन्धकारमा बस्नुपरेको जानकारी दिँदै उहाँले रिसोर्टमा अतिथिको चाप भने नघटेको जिकिर गर्नुभयो ।अहिले पनि अष्ट्रेलिया, चीनलागयत मुलुकका पाहुना रिसोर्टमा भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले इन्धन अभावका कारण उद्योग धन्दा चौपट हुने स्थितिमा पुगेको बताउनुभयो ।

धुलिखेलमा साना तथा ठूला गरी करिब २२ रिसोर्ट तथा होटेल सञ्चालित छन् । त्यसैगरी धुलिखेल, बनेपा, पनौतीलगायत क्षेत्रमा पनि सर्वसाधरणले ग्यास नपाएपछि वैकल्पिक रुपमा दाउराको प्रयोग गर्न थालेका छन् । रासस 

धेरै पटक पढिएको