भारतीय ‘हस्तक्षेप’ विरुद्ध भृकुटीमण्डपमा युवाहरुको प्रदर्शन - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, September 23, 2015

भारतीय ‘हस्तक्षेप’ विरुद्ध भृकुटीमण्डपमा युवाहरुको प्रदर्शन

२०७२ असोज ६ गते 
भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।
‘ब्याकअफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुले भारत विरुद्ध नाराबाजीसमेत गरे ।
एउटा छिमेकी देशले अर्को छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध भैरहेको छ ।
बुधबार विहान वाम पार्टीसम्बद्ध युवाहरु र केही स्वतन्त्र युवाहरु समेत विरोध प्रदर्शनका लागि भृकुटीमण्डपमा भेला भएका थिए । ‘व्याकअफ इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेका उनीहरुले ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा लगाएका थिए ।

धेरै पटक पढिएको