नाकावन्दीको निहुँमा काभ्रेमा उपभोग्य सामग्रीको मुल्य ह्वात्तै बढ्यो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, October 08, 2015

नाकावन्दीको निहुँमा काभ्रेमा उपभोग्य सामग्रीको मुल्य ह्वात्तै बढ्यो

काभ्रे, २१ असोज: mechikali.com
झण्डै दुई महिनादेखिको तराई, मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण पछिल्लो समय बजारमा दैनिक उपभोग्य सामाग्रीको मूल्य ह्वातै बढेको छ । तराई आन्दोलनभन्दा अघिको तुलनामा दैनिक उपभोग्य सामाग्रीहरु चामल, दाल, तेल, चिउरा, हरियो तरकारीलगायतका सामाग्रीमा मूल्य बढेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन् ।

नाकाबन्दी र तराई आन्दोलनका कारण राजधानी काठमाडौँ भित्रने सामाग्रीहरु सहज रुपमा आउन नसक्नु र आएपनि पेट्रोलियम पदार्थ अभावका कारण ढुवानी गर्ने गाडीलाई समेत महङ्गो भाडा तिरेर ल्याउनुपर्ने बाध्यताका कारण दैनिक उपभोग्य सामाग्रीको मूल्य बढेको ब्यापारीहरु बताउँछन् । नाकाबन्दी अघि एक कार्टुनको त्रिकोण छाप तोरीको तेल १ हजार २ सय १० रुपैँया बिक्री हुने गरेपनि अहिले १५ सय रुपैँया पुगेको ब्यापारीहरु बताउँछन् । ११ सय ९० पर्ने भटमासको एक कार्टुन तेल पनि १५ सय, १२ सय पर्ने सन्फ्लाओर तेल पनि बढेर १५ सय पुगेको छ ।

नाकाबन्दीपछि ९ सय ४० मा बिक्री हुँदै आएको २० किलोको टाईचिन चिउरा अहिले बोराको १ हजार १ सय २५, ३० किलो चिउरा १ हजार ३ सय २० बाट बढेर १ हजार ४ सय ४० रुपैँया, करिब १ हजार रुपैँया पर्ने नयाँ स्टिम नगरेकोसोना मन्सुली चामल अहिले करिब १ हजार १ सय रुपैँयामा बिक्री भएको छ । त्यस्तै चना दाल प्रतिकिलो १३०, मासको दाल २२० रुपैँया प्रति किलो पुगेको छ ।

चिनी प्रति बोरा ३ हजार ५० बाट ३ हजार २ सय, जिरा मसिनो चामल १ हजार ४ सयमा बिक्री भएको छ । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले दैनिक उपभोग्य समाग्रीको मूल्य बढेको स्विकार गरे । उनले खाने तेल बरिगंजबाट नै बढेर आएको र अन्य सामाग्रीहरुमा केहि मूल्य बढेको र ढुवानी गर्ने ट्रकको भाडा महङ्गो भएका कारण सामानहरुको मूल्य बढेको बताएका छन् । 

धेरै पटक पढिएको