नेमकिपा अध्यक्ष विजुक्छे भन्छन् : संविधान संशोधन गरे गल्ती हुन्छ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, October 09, 2015

नेमकिपा अध्यक्ष विजुक्छे भन्छन् : संविधान संशोधन गरे गल्ती हुन्छ

अशोक महत, असोज २२, धुलिखेल
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधान संशोधनको तयारी ठिक नभएको बताउनु भएको छ ।
आज काभ्रेको धुलिखेलमा आयोजित भक्तपुर ट्रक व्यवसायी संघको छैठौ महाधिवेशनलाई सम्बोधन गर्दै विजुक्छेले उक्त कुरा बताउनु भएको हो ।
“संविधान जारी भएको एक महिना पनि नवित्दै संशोधन गर्नु भनेको कि त हिजो संविधान बनाउने बेलामा गल्ती भयो कि त आज संशोधन गरेर गल्ती गर्दैछौँ” नेपाल मजदुर किसान पार्टीका अध्यक्ष विजुक्छेले भन्नुभयो ।
साथै उहाँले नेपाल–भारत नाकामा अबरोध गर्नेहरु राजनितिक कार्यकर्ताको भेषमा अपराधी, कालकबजारीया र तस्करहरु भएको बताउदै ठुला दलका नेताहरुले यो कुरालाई गम्भिरता पूर्वक लिन नसक्दा आजको परिस्थिती अएको उल्लेख गर्नुभयो ।

धेरै पटक पढिएको