यस वर्षको कोरियन भाषाको नतिजा सार्वजानिक, नेपालबाट आठ हजार चार सय नब्बे जना उत्तिर्ण - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, October 08, 2015

यस वर्षको कोरियन भाषाको नतिजा सार्वजानिक, नेपालबाट आठ हजार चार सय नब्बे जना उत्तिर्ण

यस वर्षको कोरियन भाषा परिक्षा इपिएसको परिक्षाफल सार्वजानिक भएको छ । गत असोज दुइ र तीन गते लिइएको भाषा परिक्षाको नतिजा कोरियाको मानव श्रोत संसाधन बिकास केन्द्र एचआरडीले सार्वजानिक गरेको हो । भाषा परिक्षामा नेपालबाट आठ हजार चार सय नब्बे जना उत्तिर्ण भएका छन् ।

परिक्षा दिएका मध्ये उन्नाइस दशमलब पाँच प्रतिशत उत्तिर्ण भएका हुन् । कुल त्रिचालीस हजार चार सय छ जनाले भाषा परिक्षा दिएका थिए । भाषा परिक्षामा उत्तिण हुनेमा उत्पादनमुलक तर्फ पाँच हजार आठ सय सत्र र कृषि तथा पशुपालन तर्फ दुइ हजार छ  सय त्रिहत्तर जना  छन् । त्यस्तै  भाषा परिक्षामा पास हुनेमा सात हजार सात सय उनानब्बे पुरुष र एक सय एक महिला छन् ।

परिक्षामा पास हुनेहरुको मंसिरको पहिलो हप्ताबाट स्वास्थ्य परिक्षण हुने जानकारी नेपालस्थित इपिएस साखाका निर्देशक डिल्लीराम वास्तोलाले टेलीफोन सम्पर्क मार्फत दिएका छन् । स्वास्थ्य परिक्षणमा पास भएपछि तिनीहरुको नाम रोष्टरमा राखिने र  सन् दुइ  हजार सोह्रको जनवरी देखि रोजगारीका लागि कोरिया आउने प्रक्रियाको थालनी हुने जानकारी बास्तोलले दिए ।

वैदेशिक रोजगारीको आर्कषक गन्तब्य मानिने कोरियामा इपिएस मार्फत बर्षेनी हजारौ नेपाली युवा आउने गरेका छन् । कडा परिश्रमका वापजूद राम्रो पारिश्रमिक भएका कारण नेपाली युवाको आकर्षक गन्तब्य कोरिया बन्न पुगेको हो । थोरै लगानीमा लाखौ कमाउन सकिने भएकोले सन् दुइ हजार आठ यता इपिएस मार्फत कोरियामा तीस हजार भन्दा युवा युवती यहाँ आइसकेका छन् ।

नतिजा तल दिइएको लिन्कबाट पनि हेर्न सकिन्छ ।
www.epsnepal.gov.np
 www.hrd.or.kr

धेरै पटक पढिएको