ईन्धन अभावमा काभ्रेमा पनि ठुलो संकट - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, October 10, 2015

ईन्धन अभावमा काभ्रेमा पनि ठुलो संकट

अशोक महत, असोज २३
दुई महिनादेखिको तराई–मधेश आन्दोलन र नेपाल–भारत सिमामा भएको अवरोधका कारण ग्याँस लगाएत पेट्रोलियम पर्दाथको अभाव हुदा काभ्रेको जनजिवन पनि प्रभावित बनेको छ ।
पेट्रोलियम पर्दाथको अभावमा सार्वजनिक तथा व्यक्तिगत सवारी साधनहरु ज्यादै न्युन मात्रामा चल्दा सडकहरु सुनसान जस्तै भएका छन् । पेट्रोलियम पर्दाथको अभावमा लामो तथा छोटो दुरीका बसहरु कम चल्दा अफिस, विद्यालय तथा अन्य कामका शिलशिलामा गन्तव्यमा पुग्न सर्वसाधारणले निकै सास्ती खेप्नु परिरहेको छ ।
नजिकिएको दशैँ जस्तो महान चाँडमा सबै कुराको अभाव हुनु र भेटघाट तथा काममा जान नपाउदा सर्वसाधारण निकै मारमा परेका छन् । भुकम्पको पिडा केहि भुलिरहदा त्यसै माथी थपिएको यो अर्को असहज परिस्थितीले पिडित सर्वसाधारण झन् पिडित बनेका छन् ।
बनेपामा कोठा भाडमा लिएर बस्दै आउनुभएकी कुशादेवीकी अम्बिका हुमागाईको परिवारले ग्याँसको अभावमा खाना पकाएर खान नपाएको सोह« दिन भयो । चाउचाउ लागाएतका पाकेटका खानेकुरा खाएर बाचिरहेको अवस्थामा घरबेटीले कोठामा भुसे चुलो तथा दाउरा नबाल्न भनेपछि आफूहरु ज्यादै मारमा परेको हुमागाई बताउनुहुन्छ ।
यात्रुबाहक बसहरु कम चल्दा महान चाँड दशैँको समयमा पनि काभ्रेका मुख्य बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भकुण्डेबेसीलगाएका बजार क्षेत्रहरुमा सर्वसाधारणको चहलपहल ज्यादै न्युन रहेको छ । बजारमा दैनिक उपभोग्य सामाग्रीको मूल्य ह्वातै बढेको छ । नेपाल–भारत सिमा अवरोध भन्दा अघिको तुलनामा चामल, दाल, तेल, चिउरा, हरियो तरकारीलगायत लत्ताकपडाको मूल्य आकासिएपछि सर्वसाधारणहरु मर्कामा परेका हुन् । बनेपाको चार दोबोटो चोकमा फुटपाथमा व्यापार समेत गर्दै आउनुभएकी अम्बिका र दश बर्षदेखि फेन्सी पसल चलाईरहनुभएका गोविन्द तिमल्सिनाको गुनासो उस्तै छ ।
ईन्धन अभावमा काभ्रेका ठुला–साना अस्पतालहरुमा समेत प्रभाव परेको छ । अस्पतालको दैनिक काम तथा विरामीलाई तातो खाना खुवाउन समेत समस्या परिरहेको छ ।

यस्तै इन्धन अभाव भएपछि धुलिखेलका ठुला होटल तथा रिसोर्टहरुले खाना बनाउन भने दाउराको प्रयोग गर्न थालेका छन् । ग्याँसको अभाव भएपछि काभ्रेका साना होटल तथा रेष्टुरेन्टहरु बन्द भएका छन् भने धुलिखेलका ठुला होटल तथा रिर्सोटहरुले भने केही दिनयतादेखि दाउरा नै प्रयोग गर्न थालेको होटल व्यवसायीहरु बताउँछन् ।
धुलिखेलमा पिज्जा हब होटल तथा रेष्टुरेन्ट सञ्चाल गरिरहनुभएका रामप्रसाद भुजेल भन्नुहुन्छ ग्याँस नहुदा होटल बन्द हुन पुग्यो अहिले दाउरा बालेरै चलाउछु भन्दा पनि बस नचलेर पर्यटक आउन सकेनन् ।
धुलिखेलमा साना तथा ठूला गरी करिब २२ रिसोर्ट तथा होटेलहरु सञ्चालित छन् । त्यसैगरी धुलिखेल, बनेपा, पनौतीलगायतका क्षेत्रमा पनि सर्वसाधरणले ग्याँस नपाएपछि वैकल्पिक रुपमा दाउराको प्रयोग गर्न थालेका छन् ।
देशव्यपी रुपमा भैरहेको ग्याँस अभावको तत्काल विकल्पको रुपमा दाउरा, भुसेचुलो र ब्रिगेडलाई लिन सकिन्छ , भने पेट्रोलियम पदार्थको आयातमा सरकारले काम सुरु गरिसकेकोले सर्वसाधारणले केहि समय धैर्य गर्नुपर्ने देखिन्छ ।

धेरै पटक पढिएको