काभ्रेका भुकम्प पिडितलाई रोटरी क्लवले दियो घर र पिउने पानी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, October 12, 2015

काभ्रेका भुकम्प पिडितलाई रोटरी क्लवले दियो घर र पिउने पानी

असोज २५ गते 
गत बैशाखमा गएको विनाशकारी भुकम्पबाट प्रभावित काभ्रेको काशिखण्ड नगरपालिकाका स्थानीयलाई रोटरी ई क्लव अफ नेपाल डिष्ट्रक्ट ३२९२ र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रक्ट ३३०० मलेशियाले ४० वटा घर निर्माण गरिदिएका छन् ।
नगरपालिकाको वडा नम्बर ३ मा रहेको दलसिंगेमा दुई वटा रोटरीले सहकार्य गरि ८ सय घरधुरीका लागि १० वटा फिल्टर प्लाण्ट पनि निर्माण गरेका हुन् ।
आइतबार एक कार्यक्रमका बिच क्लवले ती संरचनाहरु स्थानीयलाई हस्तान्तरण गरेका छन् । यसका साथै क्लवले सामुदायिक स्वास्थ्य केन्द्रको भवन र त्यहाँको फुलबारी प्राथमिक विद्यालयका लागि बाँसको टहरो समेत हस्तान्तरण गरेका छन् ।
भुकम्प पिडितका लागि निर्माण गरिएको पुर्वाधार हस्तान्तरण गर्दै रोटरी ई क्लव अफ नेपाल डिष्ट्रक्ट ३२९२ का अध्यक्ष टोनिल महर्जन र रोटरी क्लव अफ बुकिट कियरा सनराइज डिष्ट्रक्ट ३३०० मलेशियाका अध्यक्ष सुसन लिमले आगामी दिनमा पनि यस्ता सहयोग गर्दै जाने बताएकाथिए ।
रोटरी क्लवले गरेको सहयोगले आफुहरुलाई मुख्य रुपमा खानेपानीको समस्या समाधान भएको भन्दै उनीहरुले सम्बन्धित निकायलाईउक्त क्षेत्रको विकासमा आँखा पुर्याउन आग्रह गरेका छन् ।onlinekhabar.com

धेरै पटक पढिएको