मूल्यसूची नहुँंदा उपभोक्ता ठगिदै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, September 21, 2015

मूल्यसूची नहुँंदा उपभोक्ता ठगिदै

श्रीराम केसी, धुलिखेल
जिल्लाको प्रमुख व्यापारिक शहर पनौती बनेपा, धुलिखेल पाँचखालका  अधिकासं पसलहरुमा मुल्य सुची नहुदा उपभोक्ता खुल्यआम ठगिदै आएका छन् । मुल्यमा एकरुपता ल्याउन सवै पसलहरुमा मुल्यसुची राख्नुपर्ने  व्यवस्था गरिएपनि  अधिकाशं व्यारिहरुले  यसको पालना नगरि मनलाग्दी सामानको विक्रि वितरण गर्न थालेसंगै उपभोक्ताहरु ठगिन थालेका हुन् ।

 केहि समय काभ्रे उद्योग वाणिज्य संघले सबै पसलहरुमा अनिवार्य मूल्यसूची राख्ने नियम बनाएर केही समय लागू गरेपनि यसको निरन्तरता हुन नसक्दा बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भकुण्डे शहरका पसलहरु मूल्यसूतिबिना सञ्चालन गरिंदै आएको छ ।

‘होलसेल तथा खुद्रा पसलहरुमा मूल्यसूचि नहुँदा  बजारमा सामानको मूल्यमा एकरुपता छैन ।’ व्यापारी र पसलपिच्छे मूल्य फरक फरक हुन्छ ।’ बनेपामा सामान खरिद गर्न आएका आकास लामाले भने चिनेको पसलमा केही रकम कम भएपनि अधिकांश पसलहरुमा फरक मुल्य हुने गरेको छ । उनले थपे एउटै समानको मुल्य ओल्लो र पल्लो पसलमा फरक हुन्छ । उपभोक्ताको अवस्था र हैसीयत हेरेर सामानको मुल्य निर्धारण हुन्छ । तर उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्यले होलसेल पसलमा मुल्यसुची राख्ने गरिएको भएपनि किराना पसल र खुद्रा पसलमा लागु गर्न समस्या भएको बताए ।

‘ठूला होलसेल पसलहरुले मुल्य सुचि राखेका छन्, तर साना किराना पसलहरु संघमा दर्ता नभएकाले  नियम लागु गर्न पनि समस्या छ ।’ उनले थपे छिट्टै खुद्रा पसलमा पनि मुल्यसुची राखे नराखेको बारे प्रशासन सँगको सहकार्य गरेर  अनुगमन गर्ने बताए । संघका अनुसार,  बनेपा, धुलिखेल, पनौती, दोलालघाट, कुन्ता, दाप्चा, पाँचखाल लगायतका सबै क्षेत्रमा पसलहरुले मूल्यसूची राख्न निर्देशन दिइसकेको बताए ।

दैनिक र  मासिक रुपमा सामानको मुल्यमा हुने उत्तार चढाबले  मुल्य सुचि  राख्न असहज भएको व्यापारीहरुको भनाई छ । एक होलसेल व्यापारीले भने दिनैपिच्छे सामानको मुल्यमा  आउने परिवर्तनले  मुल्य सुचि मिलाउन झण्झट हुने गरेकाले व्यापारीले मुल्यसुचि राख्न र पुरानो परिवर्तन नगर्ने गरेका बताए ।निमीत्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाई भने समय समयमा अनुगमन र निरी मुल्यसुति नापतौलका सामाग्री परिवर्तन गर्न आग्रह गर्दा समेत अटेर गरि मुल्यसुचि नराख्ने पसलहरु लाई कानुन बमोजीम कारबाही गर्ने बताउछन् ।

माहान चाड दशै नजिकीएसंगै उपभोक्ता ठगिन संभावनालाई मध्यनजर गर्दै   छिट्टै संयन्त्र बनाएर बजार अनुगनम गर्छौ । ‘अटेर गर्नेलाई कार्वाही गर्छौँ ।’जिल्लाका होलसेल, खुद्रा पसल र  होटल, एग्रोभेट लगायतका पसलहरुमा मुल्यसुचि र नापतौल सामानहरुको अनुगमन नहुदा सामानको तौल र मुल्यमा एकरुपता नहुदा आफुहरु ठगिदै आएको उपभोक्ताहरुको गुनासो छ ।

धेरै पटक पढिएको