कृष्ण जन्माअष्टमीको दिन काभ्रेमा हजारौं कन्या पुजिए - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 05, 2015

कृष्ण जन्माअष्टमीको दिन काभ्रेमा हजारौं कन्या पुजिए


काभ्रेपलाञ्चोक जिल्लामा हजारौं कन्याको एकसाथ पूजा गर्दै यस वर्षको कन्या पुजा आज सम्पन्न भएको छ ।
काभ्रेको बनेपाका साथै नाला, पनौती, साँगा र दाप्चालगाएतका क्षेत्रमा गरी आज १० हजारभन्दा बढी कन्या पूजिएका छन् ।
एक सय १३ बर्ष अघिदेखि सुरु भएको कन्या पूजाका लागि काभ्रेका साथै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका विभिन्न जिल्लाबाट कन्या र दर्शनार्थीहरु आउने गर्छन् ।

जाति र वर्गको भेदभाव नगरी नेवार समाजमा वेलविवाह नगरिएका र अन्य समुदायका रजश्वला नभएका कन्याहरुलाई शुभको प्रतीक मानी कन्या पूजा गर्ने चलन छ । कन्या पुजा गरेमा कन्या तथा उनलाई पुजा गर्ने पनि स्वस्थ तथा निरोगी हुने मान्यता छ ।

विक्रम सम्वत १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पुजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो ।
कन्याहरुलाई पुजा गर्दा निरोगी हुने, सुखसम्पत्ति पाई खुशी हुने र कन्याहरुलाई दान दक्षिणा दिनेको पनि जीवन सफल हुने धार्मिक विश्वास छ ।

धेरै पटक पढिएको