बारुलाको विष, क्यान्सरको औषधि - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, September 06, 2015

बारुलाको विष, क्यान्सरको औषधि


वैज्ञानिकहरुले बारुलाको विषलाई क्यान्सर प्रतिरोधी औषधिको रुपमा प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएका छन् । प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार बारुलाले चिलेको बेला निस्कने विषले अन्य सद्दे कोषहरुमा क्षति नपूराई क्यान्सर कोषिकाहरुलाई नष्ट गर्न सक्छ ।
युनिभर्सिटी अफ ब्राजिलका शोधकर्ताहरुले ब्राजिलको रैथाने प्रजातिको पोलिबिया पाउलिस्टा जातको बारुलामा अनुसन्धान गरेका थिए ।
शोधबाट प्राप्त नतिजा प्रारम्भिक अवस्थाको रहेको र यो पद्धति मानिसमा सुरक्षित साथ अपनाउन सकिने नसकिने विषयमा थप परीक्षण आवश्यक रहेको बताइएको छ ।
यो बारुलाले चिल्दा एमपी वान नामको विष निकाल्छ । यो विषले मुसामा क्यान्सर कोषिकाहरु नष्ट गरेको पाइएको छ ।
शोधकर्ताहरुका अनुसार यो विषले क्यान्सर कोषिकाको सतहमा असाधारण रुपमा रहेका फ्याट अणुहरुसँग प्रतिक्रिया गर्ने र त्यसपछि कोषहरुमा प्वाल पार्ने गर्दछ । यसरी बनेको प्वालबाट उक्त कोषभित्रका महत्वपूर्ण अणुहरु बाहिर निस्कन्छन् र कोषले राम्रोसँग काम गर्न नपाइ मर्दछ ।

तर स्वस्थ कोषमा भने त्यस्तो अणु कोषभित्रै लुकेर रहने हुनाले विषले कुनै असर पार्दैन । लिड्स विश्वविद्यालयका सह शोधकर्ता डाक्टर पाउल बेलेसका अुनसार कोष झिल्लीको चिल्लोजन्य अणुहरुमामा आक्रमण गराउने यस्तो क्यान्सर थेरापी क्यानसर प्रतिरोधी औषधिमा अहिलेसम्मकै नयाँ वर्ग रहेको बताएका छन् ।

धेरै पटक पढिएको