एकैपटक खान नहुने खानेकुराहरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, September 04, 2015

एकैपटक खान नहुने खानेकुराहरु

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ  ।
 हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन ।

दही र माछा : दही चिसो चीज हो । यसलाई कहिल्यै पनि तातो चीजसँग प्रयोग गर्नु हुँदैन । माछा पनि गर्मी चीज हो । यी दुई एकसाथ खानाले वायु, एलर्जी र छालासम्बन्धी समस्या देखा पर्न सक्छ । दहीसँगै मह पनि गर्मीचीजसँग नखानु राम्रो हुन्छ ।

चिकेनसँग मिठाई : चिकेनको साथमा जूस या मिठाई आदि खाने मानिसलाई पनि पेटको समस्या देखिन्छ ।

आलू र चामल : केही मानिसहरू आलू र चामलको शौखिन हुन्छन्, तर यस्ता मानिसले के ध्यानमा राख्नु पर्छ भने यी दुई चीज एकसाथ खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले कब्जियतको समस्या ल्याउँछ ।

प्याज र दुध : प्याज र दूध एकसाथ खानु हुँदैन । प्याजको साथमा दूधको प्रयोग गर्नाले छालासम्बन्धी रोगले सताउन सक्छ । दाद, लुतो, एग्जिमा सोराईसिस आदीको सम्भावना बढ्ने गर्छ ।

दूधसँगै दही : दूधसँग दही खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुध र दही एकसाथ खानाले पेटको समस्या निम्तिन सक्छ ।

खानासँग फलफूल : आयुर्वेदका अनुसार खानाको साथमा फलफूल खानु हुँदैन । दुवै चीजको कार्बोहाइड्रेट र प्रोटिन पाचन गर्ने तरिका फरक-फरक हुन्छ । कागती, सुन्तला आदी फल एसिडिक हुन्छन्, दुवै एकसाथ खानाले कार्बोहाइड्रेटको पाचन प्रक्रिया ढिलो हुन्छ । यसले कब्जियत, झाडापखाला र अपचको समस्या देखिन्छ ।

दूधसँग कागती : दूधसँग कागती खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुवैलाई एक साथ खानाले इसिडिटी बढाउँछ ।

कालो दाल र दही : कालो दाल र दही एकसाथ खानु स्वास्थ्यका दृष्टी फाइदाजनक हुँदैन । लगातार सेवन गर्नाले मुटुसम्बन्धी रोग लाग्न सक्छ ।

दहीसँग पराठा : दहीसँग पराठा या अन्य तेल भएको चीजको प्रयोग गर्नाले स्वास्थ्यमा समस्या थपिन सक्छ । दहीले फ्याटको पाचनमा रोक्ने हुँदा दहीसँग पराठा लगायतका चीजहरू नखानु नै राम्रो हुन्छ ।

चिसो पिएपछि पान: चिसो पेयपदार्थ पिएपछि कहिल्यै पनि पानयुक्त खाने कुरा खानु हुँदैन । चिसो र पानयुक्त खानेकुरा मिल्यो भने साइनाइड उत्पादन हुन्छ, जसले विष जत्तिकै असर गर्ने गर्छ ।

धेरै पटक पढिएको