भत्किने भए अरनिको राजमार्ग दायाँवायाँका घरहरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, September 08, 2015

भत्किने भए अरनिको राजमार्ग दायाँवायाँका घरहरु

काभ्रे, २३ भदौ : सडक मापदण्डभित्र परेका अरनिको राजमार्ग आसपासका घर भत्काइने भएको छ । अरनिको राजमार्गको साँगाभञ्ज्याङदेखि बनदेउसम्मको सडक सिमाभित्र पर्ने जग्गाको लगत कट्टा गर्न डिभिजन सडक कार्यालय भक्तपुरले निर्देशन दिएपछि घर भत्काइने पक्का भएको हो । कार्यालयको उक्त निर्देशनपछि राजमार्ग आसपासमा बसोबास गर्दै आएका सर्वसाधारण त्रसित बनेका छन् ।

सरकारले भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ६ लेनको बनाउने तयारी गरेसँगै डिभिजन सडक कार्यालयले अरनिको राजमार्गका साथै देशका अन्य राजमार्गको सडक सिमाभित्र पर्ने जग्गाको समयमा नै नियमानुसार लगत कट्टा गराई लालपुर्जा वितरण गर्न जिल्ला मालपोत कार्यालय र नापी कार्यालयहरुमा पत्राचार गरेको थियो । 

डिभिजन कार्यालयको पत्रसँगै जिल्ला मालपोत कार्यालय र नापी कार्यालय काभ्रेले अरनिको राजमार्गको साँगादेखि दोललघाटसम्मको ५९ किलोमिटरमा सडकको केन्द्र रेखाबाट दुर्वतर्फ २५÷२५ मिटर सडक सिमा कायम हुने गरिलगत कट्टा गरि लालपुर्जा दिन सुरु गरेको काभ्रेका प्रमुख मालपोत अधिकृत घनश्याम उपाध्यायले जानकारी दिए ।

डिभिजन सडकले सडकको दाँयाबाँया २५ मिटर छोड्नुपर्ने मापदण्ड लागु गर्न निर्देशन दिएलगत्तै मापदण्ड विपरित अरनिको राजमार्गको साँगादेखि बनदेउसम्मका आसपासका घरहरु भत्काउनुपर्ने अवस्था आएपछि सर्वसाधारणहरु चिन्तित बनेका छन् । यो निर्देशन लागु गर्ने वित्तिकै अरनिको राजमार्गको बनदेउसम्मका सयौँ घरहरु भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । 

यसैगरि डिभिजन सडक कार्यालयले बनेपा–पनौती सडकमा सडकको केन्द्र रेखाबाट दुवैतर्फ १०÷१० मिटर सडक सिमा र दोलालघाटदेखि–चौतारासम्मको सडकमा सडकको केन्द्र रेखाबाट दुवैतर्फ १५÷१५ मिटर सडक सिमा कायम गर्न निर्देशन समेत दिएको छ।

२०७१ कात्तिक १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसाई समेत सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणमा सम्बन्धित सरोकार निकायलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने कार्य योजना बनाई एक वर्षभित्र सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने निर्णय भएर मूलुकभर रहेका सबै सडकको मापदण्ड पुरा गर्न निर्देशन दिएको थियो ।

mechikali.com 

धेरै पटक पढिएको