नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको खतरा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 06, 2015

नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको खतरा

२०७२ साउन २२ गते _बीबीसी
मध्य नेपालको गोरखामा केन्द्रविन्दु बनाएको गत वैशाखको महाभुकम्प तथा त्यसपछिका पराकम्पनबाट थिलथिलो भएको नेपालमा अर्को विानशारी भुकम्पको खतरा बढेको वैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ छ ।
नेचर जियोसाइन्स तथा साइन्स जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदन अनुसार पश्चिम नेपाल तथा भारतमा निकट भविष्यमा विनाशकारी भुकम्प जाने खतरा रहेको छ ।
अनुसन्धान प्रतिवेदन अनुसार गत वैशाखको भुकम्पले जमिन मुनिको सबै उर्जा उत्सर्जन भएको र त्यो उर्जा पश्चिमतर्फ धकेलिएकोले अब पश्चिम नेपाल तथा भारतमा भुकम्प जाने खतरा बढेको हो ।
त्यसैले त्यस क्षेत्रको विस्तृत अनुगमन तथा अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाई छ ।
क्याम्बि्रज विश्वविद्यालयका प्राध्यापक जिन फिलिप एभक भन्छन्, ‘यो क्षेत्र भनेकेा यस्तो हो जहाँ बढि ध्यान दिनु आवश्यक छ । यदि अहिले त्यहाँ भुकम्प गयो भने ठूलो विपत्ति आउनेछ किनकी पश्चिम नेपाल तथा उत्तरी भारतको गंगेटिक प्लेनमा जनघनत्व उच्च रहेको छ ।’
गत वैशाखको भुकम्प भौगर्भिक ठोक्काइ क्षेत्रमा भएको थियो, इण्डियन र युरेसियन टेक्टोनिक प्लेटको कोलिजन जोन मा । भारतीय प्लेट युरेसियन प्लेटभित्र वर्षेनी २ सेन्टिमिटरको दरले घुसिरहेको छ ।
eurasian_plate
टेक्टोनिक प्लेटकै घर्षणले राजधानी काठमाण्डौ नजिकै पर्ने मुख्य हिमालयन थ्रस्ट फल्ट क्षेत्रमा दशकौँ सम्म उर्जा संचित हुन्छ । यो क्षेत्रमा दुइ प्लेटबीचको सीमारेखा घश्रणका लागि अचल तथा बन्द हुन्छ जसबाट केवल ठूलो भुकम्पका बेला मात्र ठूलो उर्जा बाहिर निस्कन्छ ।
वैशाख १२ को भुकम्पले त्यो संचित उर्जा पूरै बाहिर निकाल्न नसकेको र केही भाग मात्र उर्जा निस्किएको ठहर वैज्ञानिकहरुको छ ।
फल्ट क्षेत्रमा पूरै उर्जा निस्किएर अझै बढि धाँजा फाटेको भए वैशाख १२ को भुकम्प अझै भयानक हुने भन्दै प्राध्यापक एभोकले त्यसबेला सबै उर्जा बाहिर निस्किएन र त्यो स्ट्रेस पश्चिम तर्फ सर्यो । अहिले नेपालको पोखरा देखि पश्चिम तथा भारतको दिल्लीदेखि उत्तर सम्मको भागमा यस्तो उर्जा संचित रहेको उनको भनाइ छ ।
भुकम्प कहिले जान्छ भन्ने कुराको ठ्याक्कै मिति एकिन गर्न नसकिने भएपनि उक्त क्षेत्रको थप अनुगमन गर्नु आवश्यक रहेको शोधकर्ताहरुको भनाई छ
यो क्षेत्रमा सन् १५०५ यता ठूलो भुकम्प गएको छैन र अब जाने भुकम्प ८.५ म्याग्नेच्युड भन्दा ठूलो हुने अनुमान शोधकर्ताको छ । गोरखा भुकम्पबाट पश्चिम सरेको उर्जा उक्त क्षेत्रमा ५ सय वर्षसम्म संचित उर्जामा मिसिएर त्यस क्षेत्रमा निकै बढि उर्जा जम्मा हुन पुगेको हुँदा उक्त उर्जा बाहिर निस्किनका लागि ठूलो भुकम्पको आवश्यकता पर्नेछ ।
प्राध्यापक एभकले आफुहरुले पश्चिम नेपालको बारेमा सबैभन्दा बढि चिन्तित रहेको बताएका छन् ।
भुकम्प कहिले जान्छ भन्ने कुराको ठ्याक्कै मिति एकिन गर्न नसकिने भएपनि उक्त क्षेत्रको थप अनुगमन गर्नु आवश्यक रहेको शोधकर्ताहरुको भनाई छ  ।
प्राध्यापक एभक आफुहरुले मानिसहरुलाई तर्साउन नचाहेको भएपनि मानिसहरु आफु जोखिमयुक्त तथा धेरै भौगर्भिक उर्जा संचित भएको क्षेत्रमाथि बसिरहेको भन्ने विषयमा सचेत हुनु आवश्यक रहेको बताए ।
धेरै नेपालीले सुरक्षाका उपाय नअपनाइकन घर निर्माण गरिरहेको भन्दै उनले ठूला भुकम्प थेग्नसक्ने खालका घर बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।Earth
नेपालमा गत वैशाखको भुकम्पको म्याग्नेच्युड बढि भएपनि भूमिगत तरंगहरुको प्रवाह तथा आवृत्ति अपेक्षा गरिएभन्दा कम भएको र जमिन बढि शान्तसँग कम्पन भएको जिपिएस स्टेसनका तथ्यांकहरुले देखाएका छन् । सोही कारण पनि वैशाखको भुकम्पबाट अपेक्षाकृत क्षति नभएको वैज्ञानिकहरुको भनाइ छ ।
काठमाण्डौको नजिक ७.८ रेक्टर स्केलको भुकम्प गएको सुन्दा आफुले ३ देखि ४ लाख सम्म मानिस मर्नसक्ने अनुमान गरेको भन्दै भुकम्प धक्काको चरित्र तथा बढि शान्त कम्पनकै कारण क्षति कम भएको प्राध्यापक एभक बताउँछन् ।-बीबीसी

धेरै पटक पढिएको