बाटो विगारेको भन्दै खानेपानी आयोजना ठप्प पार्ने स्थानियको चेतावनी, तीन नगरपालिकासहित आयोजनालाई ज्ञापनपत्र - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 09, 2015

बाटो विगारेको भन्दै खानेपानी आयोजना ठप्प पार्ने स्थानियको चेतावनी, तीन नगरपालिकासहित आयोजनालाई ज्ञापनपत्र

अशोक महत,साउन २४ गते
काभ्रेको पनौतीमा नेपालकै दोश्रो ठुलो खानेपानी आयोजनाको रुपमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको काम ठप्प पार्ने स्थानियले चेतावनी दिएका छन् ।
जिल्लाको पनौती, बनेपा र धुलिखेलसहित तीनवटा नगरपालिकाका बासिन्दाहरुलाई लक्षित गरेर पनौती नगरपालिका वडा नम्बर १० स्थित ओम डाँडादेखि शारदादेविस्थानको डाँडासम्मको ग्रावेल बाटो आयोजनाको टिपर र पाईपलाईनको कामले बर्खामा हिड्न नसक्ने गरी बाटो विग्रेपछि आक्रोशित बनेका हुन् ।
पटक पटक मौखिक रुपमा बाटो मर्मतको लागि आग्रह गरेपनि सुनुवाई नभएपछि आईतबार ठुलो समूहमा आयोजनाको कार्यालय बनेपामा पुगेका पिडित स्थानियले आयोजना व्यवस्थापक नारायणसुन्दर श्रेष्ठ समक्ष एक हप्ताको अल्टिमेटम दिदै ज्ञापनपत्र बुझाएका छन् । सोहि दिन पनौती, बनेपा र धुलिखेल नगरपालिकाका प्रतिनिधिहरुलाई पनि उक्त ज्ञापनि पत्र बुझाईएको छ ।
पनौती बजारदेखि करिव दुई किलोमिटर दुरीमा रहेको आयोजनाको टेङ्की निर्माणस्थलसम्म पुग्न करिव एक किलोमिटर ग्रोवेल गरिएको सडकमा बर्खामा समेत अत्याधिक भार क्षमताका टिपर कुदाउनु र बर्खामै पाईप पनि बिछ्याउने काम गर्दा अहिले धान रोप्न तयार परिएको खेत जस्तो भएपछि पैदल हिड्न समेत निकै कठिन भएको स्थानियहरुको गुनासो छ ।
‘आयोजनाले सडक विगारेपछि उसैले मर्मत गर्नुपर्छ’, एक स्थानिय ईन्द्रप्रसाद हुमागाई भन्छन्, ‘तुरुन्त बाटो मर्मतको काम सुरु नभए बाटो बन्द गरी आयोजनाको काम ठप्प पार्नेर्छौ।’
बाटो विगारेपछि पनौती वडा नम्बर १० का पाँच सय भन्दा बढि स्थानिय प्रत्यक्ष मारमा परेका छन् । बाटो विग्रदा दैनिक आवतजावत गर्ने स्थानिय, स्थानिय उत्पादन दुध, तरकारीलगाएत कृषि जन्य उत्पादन बजार पु¥याउन नसकिएको कृषक सहदेब महत बताउँछन् । अनि कोहि विरामी भएर तत्काल अस्पताल पु¥याउनु पर्ने भयो भने के गर्ने? महतको पश्न छ ।
एसियाली विकास बैंक, नेपाल सरकार र स्थानिय निकायको संयुक्त लगानीमा सुरु भएको काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाले तीनवटा नगरपलिकाका हजारौ जनतालाई खानेपानी पु¥याउने लक्ष्य लिएको छ ।
जिल्लाको पनौती, बनेपा र धुलिखेलसहित तीनवटा नगरपालिकाका बासिन्दाहरुलाई लक्षित गरेर पनौत्ी नगरपालिका वडा नम्बर १० स्थित शारदादेविस्थानको डाँडामा ७ वटा विशाल रिजर्भ टेङ्की निर्माण भैरहेका छन् ।
आयोजनाका व्यवश्थापक नारायणसुन्दर श्रेष्ठ भने आफुहरुसंग पर्याप्त बजेट नभएकाले ओमडाँडादेखि टेङ्की निर्माणस्थल देविस्थानसम्म ग्रावेल गर्न नसक्ने बताउदै सामान्य मर्मतसम्म गरिदिने आश्वासन दिएका छन् । बर्खामा पनि काम भैरहोस भनेर काम गर्दा बाटो विग्रिएका स्विकारर्दै व्यवश्थापक श्रेष्ठले आयोजनाको काममा तीनवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रको बाटो मर्मत गर्नुपर्ने सम्झौतामा चासो नदिदा आयोजनाले मात्र दोष खेप्नुपरेको बताउँछन् ।
आफुले रिजर्भ टेङ्की निर्माणस्थलसम्म जाने बाटो ग्रावेलका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालाय र नगरपालिकासंग समन्वय गरेर केहि बजेट छुट्याएर बाटो मर्मतको काम गर्ने योजना रहेको खानेपानी आयोजना व्यवश्थापक श्रेष्ठ बताउँछन् ।
आयोजनाको कुल लागत ९१ करोड ४६ लाख रहेको छ । जसमध्ये ६५ प्रतिशत एसियाली विकास बैंकको सहयोग रहने छ भने नेपाल सरकारको २० प्रतिशत, र तीन नगरपालिकाले १५ प्रतिशत बेर्होनुपर्ने काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाका आयोजना ब्यबस्थापक श्रेष्ठले बताए ।
दुई वर्ष अगाडी नै काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना मुहान लगाएतका विवादले गर्दा थप एक वर्ष पर धकेलिएको हो ।
घरघरमा पर्याप्त पानी आउने भएपछि नगरवासीहरु खुसी र उत्साहित भएका छन् । यद्यपी बाटो विग्रदा भने हैरानी खेप्नु परेको उनीहरु बताउँछन् ।
काभ्रे भुमिडाँडा गाविसको खारखोला, कुशादेबीको मुलडोल, सिसाखानी, बैरमहादेव, गुडगुडेबाट पानी ल्याउने बताईएको छ । तीनवटा नगरपालीका भित्र खानेपानीको चरम अभाव पुर्ति गर्नको लागी र गुणस्तरीय र अभिक्षिन्न पनि पु¥याउने उद्देश्यले आयोजनाको निर्माण कार्य भैरहेको हो । एउटा घरमा प्रत्येक दिन ३ सय ३३ लिटर पानी आउने छ । प्रति महिना न्युनतम २ सय ४८ रुपैयामा एउटा घरले १० हजार लिटर पानी उपभोग गर्न पाउने फेरी आयोजनाले बताएको छ ।
पाँच ओटा मुहानबाट आएको पानी पनौतीको सबैभन्दा उचाईमा रहेको शारदा देवीस्थान डाँडामा बनाईने बिशाल रिर्जब टेङ्कीमा जम्मा गरी तीनवटै नगरपालीकामा पठाईने ब्यवस्था अनुरुप काम भैरहेको छ ।

धेरै पटक पढिएको