बोधिचित्त करोडौं कमाउने रुख, काभ्रेको तिमालमा एकै वर्षमा करोडौँको कारोवार - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 24, 2015

बोधिचित्त करोडौं कमाउने रुख, काभ्रेको तिमालमा एकै वर्षमा करोडौँको कारोवार


अशोक महत, तिमाल
बोधिचित्त काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रका स्थानीयबासीको दरिलो आम्दानीको स्रोत बनेको छ,।
विश्वमा नै नौलो प्रजातीको बनस्पतीको रुपमा देखा परेको बोधिचित्त काभ्रेको तिमाल क्षेत्रको भने स्थानीय रैथाने विरुवा हो । काभ्रेको तिमाल क्षेत्रमा मात्र पाईने बोधिचित्त करौडौं कमाउने रुख बन्न पुगेको छ ।
तिमाल भेगका स्थानीयले अहिले यसको व्यावसायिक खेतीनै सुरु गरेका छन् । बिना लगानी एउटै बोटबाट लाखौं कमाइ हुने भएपछि तिमाललगाएत काभ्रेका अन्य ठाँउका कृषकहरुले पनि यसको व्यवसायिक खेती सुरु गरेका छन् ।
यसैवर्ष मात्र तिमाल क्षेत्रमा बोधिचित्तको ५० करोड भन्दा बढीको कारोबार भएको छ । तिमाल क्षेत्रको १३ वटा गाविसका स्थानियले प्रति परिवार १ करोडका दरले आम्दानी गर्न सफल भएको जिल्ला बन कार्यालय काभ्रेका बन अधिकृत गणेश रायले बताउनुभयो ।
स्थानीय तिमाल बासीका अनुसार चार वर्ष अगाडिसम्म यसको महत्व हुदैनथ्यो अहिले यसको महत्व बढेकाले विदेशी तथा स्वदेशी व्यापारी घरमै आएर बैना दिन थालेका छन् ।
बोधिचित्तको माला र बिरुवा बेचेर एकै वर्ष तिमाल बासीले वार्षिक कम्तीमा पाँच लाख आम्दानी गर्ने गरेको स्थानीय बताउछन् । राम्रो आम्दानी हुन थालेपछि स्थानीयले थप जमिनमा विरुवा लगाउन थालेका छन् ।
झट्ट हेर्दा स–साना गुच्चाजत्रा बोधिचित्त चार वर्ष अगाडीसम्म खासै महत्व थिएन । विस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा माग प्रचारसंगै यसको मुल्य आकाशियको हो ।
तिमालका स्थानिय कृषकहरुले एउटा रुखमा करिब ३० देखि ६० किलोग्राम माला उत्पादन हुने जानकारी दिए ।
फल ठूलो आकारको भए करिब रु ६० हजार र सानो आकारको भए ७ लाखसम्म तथा ठूलो र सानो दुवै आकारको भए रु ३५ लाखसम्म पर्ने स्थानिय कृषक तथा व्यापारी बताउछन् ।
तिमालमा अधिकांश बासिन्दाको आर्थिक उन्नतिको प्रमुख स्रोत नै बोधिचित्त माला बनेको छ । प्रत्येक घरमा बोधिचित्तका बिरुवा लगाइएको छ । मालाबाट राम्रो आम्दानी हुन थालेपछि बाँझो भिरपाखामासमेत बिरुवा लगाउन थालेका छन् ।
दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरुप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको मानिने यो वनस्पतिले अहिले ठूलो अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउदै छ । वन मन्त्रालयले काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने भनेर पहिचान गरिसकेको छ । पछिल्ला वर्षहरुमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बोधिचित्तको माग बढेपछि यसको मुल्य सोचेभन्दा धेरै भएको स्वयम् तिमाल बासी बताउछन् ।
मालाको राम्रो मूल्य पाइन थालेपछि गाउँ छोडेर बाहिरिएका युवा फर्कन थालेका छन् गाउँमै राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश गएका युवागाउँ फर्कन थालेका छन् । बोधिचित्तको व्यावसायिक खेतीमा लागेका छन् ।
बोधिचित्त फल्ने समयमा चोरीको भने अत्यधिक समस्या हुने गरेको छ भने विशेष गरेर चिनिया व्यापारीहरु बोधिचित्त किन्न गाउमै पुग्ने गरेको र फल हेरि एउटा मालाको २ लाखसम्म तिर्न तयार हुने गरेका छन् । सोचे भन्दा बडि मुल्य आउन थाले पछि तिमाल बासी अहिले असारदेखि असोजसम्म बोटको वरपर तारबार लगाएर रातभर सुरक्षामा खटिने गरेका छन् ।
यसैविच बोधिचित्त मालाको खेती गर्ने कृषक र व्यापारीलाई प्रहरीले सुरक्षा दिन थालेको छ । केही दिनयतादेखि उनीहरुले असुरक्षा महसुस गरी सुराक्षा माग गरेपछि सुरक्षा दिन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूजा सिंहले जानकारी दिनुभयो ।
बोधिचित्तमालाको सुरक्षाका लागि प्रहरीले गस्ती गर्दै आएको छ । कृषक र व्यापारीले सुरक्षाका लागि जिल्ला प्रसासन र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाका लागि छवटा निवेदन दर्ता गराएका छन् । प्रहरीले विगत वर्षामा समेत बोधिचित्तमालाको सुरक्षा दिने गरेको थियो ।
व्यापारीले यसको दाना र माला चीनको तिब्बत र भारत बोधगयामा लगेर बेच्ने गरेका बताउछन् । एउटा मालामा एक सय आठ वटा दाना उनेपछि पाँच हजारदेखि एक लाखसम्म मूल्यमा बेचिने व्यवसायी बताउँछन् । बोधिचित्तबाट राम्रो आम्दानी हुन थालेपछि तिमालबासीको आर्थिक हैसीयत नै फेरिएको छ । बोधिचित्तको माला किन्न आएका व्यापारिहरुका अनुसार नेपाल सरकारले विना इजाज गैरकानुनी रुपमा बोधिचित्त ठूलो परिणाममा विदेश निकासी हुदा समेत ध्यान नदिदा राम्रै राजश्व गुमेको र आफुहरुलाई व्यापार गर्ने पनि असजिलो र अशुरक्षीत हुदै गैरहेको गुनासो गर्न थालेका छन् ।
बोधिचित्तको मालाबाट वार्षिक ६० करोड रुपैयाँभन्दा बढी तिमालमा भित्रने गरेको स्थानीयले दावी गरेका छन् । दुई वर्ष अघिदेखि कारोबारमा वृद्धि भएपछि बोधिचित्त मालालाई गाउँदेखि गन्तब्य सम्म लैजान व्यापारीलाई सुरक्षा आपश्यक पर्ने गरेको छ । समय समयमा बाटोमा लाखौं रुपैयाँ बराबरको बोधिचित्त लुटिने गरेको छ । केही समय पहिले लुटिने डरले व्यापारीले त्यसको बचाउनका लागि हेलिकोप्टरबाट समेत बोधिचित्त ढुवानी गरेका थिए ।
यता वन कार्यालयले भने बयर प्रजातिको भन्दै बोधिचित्तको प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ । वनस्पती विज्ञानमा जिजिफस बुद्धेन्सिस’ नाम दिएको यो बोटमा ससाना दाना फल्छन् जुन बौद्ध लामाहरुले पवित्र मालाका रुपमा प्रयोग गर्छन् । अचेल फेसनका रुपमा तन्नेरीहरुले पनि लाउन थालेका छन् ।
काभ्रेको तिमालमा मात्र पाइने बोधिचित्तलाई व्यवस्थीत गरे आम्दानीको राम्रो स्रोत बन्नसक्ने स्थानीय बताउछन् ।

धेरै पटक पढिएको