अन्तत: नक्कलीपीडितद्वारा पैसा र कार्ड फिर्ता - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 27, 2015

अन्तत: नक्कलीपीडितद्वारा पैसा र कार्ड फिर्ता

जिल्लामा फर्जि नाम लेखेर भूकम्प पीडितको नाउँमा सरकारले दिएको १५ हजार राहत लिने अधिकांश नक्कली पीडितहरुले अहिले धमाधम पैसा र कार्ड फिर्ता गर्न थालेका छन् ।
जिल्लाका पाँचखाल नगरपालिका लगायत पात्लेखेत, महादेवस्थान, चण्डेनीमण्डन लगायतका गाविसहरुमा यसरी गैरपीडितले पैसा लिएको र वास्तविक पीडितको नाउँ छुटाईएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा छानविन गर्दा धेरैजसो गैरपीडित रहेको प्रमाणित भएको थियो । उनीहरुले एउटै घरमा रहेर पनि बाबु– छोराकै नाउँ लेखाएका थिए भने कतिपयले अविवाहित छोराको समेत नाउँ लेखेर राहत लिएका थिए ।
गाविस सचिव र स्थानिय केहि प्रतिनिधीहरुले आफ्ना पक्षधरहरुको नाम लेखेर वास्तविक पीडितको नाम छुटाएको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा ३ सय वटा भन्दा धेरै उजुरी परेका थिए ।
 जस मध्ये २ सय जनाले १५ हजार रकम र भूकम्प पीडित कार्ड पनि फिर्ता गरिसकेको र यो क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जानकारी दिएको छ । फिर्ता गरेको रकम करिव ३० लाख रुपयाँ रहेको बुझिएको छ ।

वास्तविक पीडितको नाम छुटेको विषयमा ती क्षेत्रहरुमा पुनः नाम लेखाईएको थियो । फिर्ता गरेकाहरुको नाम भने गोप्य राखिएको बताईएको छ । गएको असारको  पहिलो हप्ता देखि प्रशासनमा उजुरी पर्ने क्रम शुरु भएको भए पनि अहिले सम्म पनि उजुरी दिनेहरु रहेका छन् ।
 प्रशासनले सम्बन्धित गाविस सचिव मार्फत नक्कली पीडितहरुलाई रकम फिर्ता गर्न पटक–पटक अनुरोध गर्दा समेत अटेर गर्दै आएका थिए ।
आफ्नो अनुरोध नमाने पछि प्रशासनले उनीहरुलाई पक्राउ पूर्जी पठाएपछि भने प्रशासन कार्यालयमै पूगेर नक्कली पीडितहरुले रकम र कार्ड फिर्ता गरेको एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए ।

धेरै पटक पढिएको