“घरमै बसी–बसी पढाइन्छ छोराछोरी” - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 27, 2015

“घरमै बसी–बसी पढाइन्छ छोराछोरी”

_बुद्ध लोप्चन
चलालगणेस्थानस्थित वडा नं. १ की कमला श्रेष्ठ गृहिणी हुन् । केही महिना अघिसम्म श्रेष्ठकी हातमा कुनै सीप पनि थिएन । घरायसी
दिनचर्यामै बित्थ्यो श्रेष्ठकी दिन । गृहिणी हुँदा उनलाई कसरी दिन कटाउने भन्ने चिन्ता थियो । तर हिजोआज उनी निकै व्यस्त छिन् । अर्थात समयको उनलाई निकै खाँचो छ । यसको एउटै मात्रै कारण उनको हातमा सीप हुनु हो ।
गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रमहरुको अनुगमन उपसमिति (मेडेप) ले सञ्चालन गरेको सीपमुलक तालिमबाट सीप सिकेपछि उनी ती सीपको सदुपयोगतिरै व्यस्त भएकी छिन् । चलालगणेशस्थानमा मेडेपले सञ्चालन गरेको कोइला बनाउने तालिममा सहभागी भएकी श्रेष्ठ हाल कोइला बनाउने काममै व्यस्त छिन् ।
 कोइलाबाटै मनग्य आम्दानी हुने भएपछि उनी मात्रै हैन, गाउँका अरु साथीहरु पनि उनकै लहैलहैमा लागेर समयको सदुपयोग गर्दै छन् एक पाउकै दुई हजारभन्दा बढी कमाउने भएपछि अहिले उनलाई घर खर्च चलाउन मात्रै हैन आप्mना छोराछोरीलाई पढाउन समेत कुनै समस्या छैन । “हिजोसम्म के खाने, छोराछोरीलाई कसरी पढाउने भन्ने मात्रै चिन्ता थियो” श्रेष्ठले भनिन् “अब श्रीमानको भर पनि पर्नु परेन, आपैmँको खुट्टामा उभिन सक्ने भएकी छु ।”
उनले तालिम प्रदान गर्ने संस्थालाई धन्यवाद ज्ञापन गर्दै यो पेशाबाट घरमै बसी मनग्य आम्दानी गर्न सक्ने समेत बताइन् । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत श्रेष्ठकी जेठा छोरा राजकुमार लाई अहिलो हिजोका दिनमा जस्तो खर्चको कुनै समस्या छैन । “हिजोसम्म बुवाको मात्रै कमाईमा भर पर्नु पथ्र्यो ।” श्रेष्ठकी कक्षा ९ मा अध्ययनरत छोरी सुनिता श्रेष्ठले भनिन् “आमाको कमाईले गर्दा पढाईको लागि खर्चको कुनै समस्या छैन ।”
उनले खर्चकै कारण पढाई छाड्ने तयारीमा रहेको बेला आमाले सीप सिकेर कमाई गरेकोमा खुशी व्यक्त गरिन् । श्रेष्ठकी श्रीमान् डकर्मी काम गर्छन् । त्यसैगरी चलालगणेशस्थानै शुभद्रा श्रेष्ठको दिनचर्या पनि केही समय अघिसम्म घरायसी काममै बित्थ्यो । खाना, लाउन समेत उनलाई निकै हम्मेहम्मे पथ्र्यो, तर मेडेपले दिएको कोइला बनाउने तालिमपछि उनलाई पनि खर्चको कुनै समस्या छैन । खाना, लाउन त के छोराछोरी पढाउन समेत उनलाई समस्या नभएको उनी बताउँछिन् । “हामीले भर्खरै तालिम सिक्यौ, सिक्दासिक्दै कमायौँ पनि” शुभद्राले भनिन् “अब साँच्चै छोराछोरीलाई पढाउन समेत सक्षम भएकी छु । मेडेपलाई धन्यवाद ।” उनकी छोरा सुरज श्रेष्ठ र छोरी मनिला श्रेष्ठ हाल कक्षा आठमा पढ्दै छिन् ।

त्यसैगरी पनौती ४ चामखरकी कृष्णशोभा श्रेष्ठ अहिले आपैmँ अचार बनाउन जान्ने भएकी छिन् । मेडेपले दिएको अचार सम्बन्धि सीप विकास तालिम लिएपछि उनीले अहिले मनग्य आम्दानी गरेकी छिन् । घरमै बसी बसी घरमै उत्पादन भएका फलपूmल तथा अन्य चिजहरुबाट अचार बनाउन पाइएपछि उनले घर खर्च मात्रै हैन आप्mना छोराछोरीलाई पनि पढाउन भ्याएकी छिन् । भालेश्वर उमावि मल्पीमा अध्ययन गरेकी उनकी छोरी मनिषालाई हाल खर्चको कुनै समस्या छैन । “छोरीलाई स्कुल पठाउने मात्रै हैन, ट्युशन पढाउन समेत भ्याएकी छु” उनले भनिन् “यो मेरो दक्षता मेडेपले बनाइदिएको हो, म मेडेपलाई धन्यवाद दिन चाहन्छु ।” कमला, शुभद्रा र कृष्णशोभा त समाजका प्रतिनिधी पात्र मात्र हुन् ।
 उनीहरुसँगै समाजका विपन्न परिवारका सदस्यहरु लघु उद्यम समुहको आर्थिक समुहमा दिएको तालिममा सहभागी भई मनग्य आम्दानी गर्नतिर लागेका छन् । जेठ २५ गतेदेखि मेडेपले सञ्चालन गरेको सीमुलक तालिममा सहभागी भएका ग्रामीण भेगका महिला तथा युवाहरुले घरमै बसेर स्थानीय स्रोत साधन प्रयोग गरी मनग्य आम्दानी गरेका छन् ।
केही दिन अघि मेडेपले सञ्चालन गरेको तालिम अनुगमनको क्रममा तालिम सञ्चालन भएका स्थानहरुमा पुग्दा स्थानीय बासिन्दाहरु खुशीले गद्गद् भएको देख्न सकिन्थ्यो । सो तालिमले विशेषगरी विपन्न परिवारका सदस्यहरुलाई दक्ष र सक्षम बन्न टेवा पु¥याएको छ ।
 उक्त संस्थाले जिल्लाका सयभन्दा बढी गृहिणी तथा युवाहरुलाई विभिन्न विधामा सीपमुलक तालिम प्रदान गरेपछि उनीहरुले घर खर्च धान्नेदेखि आप्mना छोराछोरी पढाउने सम्म औकात राखेका छन् । स्थानीय स्रोत साधनको प्रयोग गरी घरबाटै मनग्य आम्दानी गर्न सक्ने भएपछि उनीहरु छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि राम्रा विद्यालयमा पढाउन समेत हतारिएका छन् ।
अहिले आपूmहरुले कमाएको पैसाले छोराछोरीलाई पढाउने र भविष्यमा छोराछोरीले भविष्य बनाएर आपूmहरुलाई सहयोग गर्ने उनीहरुको विश्वास छ ।

धेरै पटक पढिएको