भूकम्पबाट सबैभन्दा बढी मानिय क्षति पाँचखाल नगरपालिका र चण्डेनी मण्डन गाविसमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

भूकम्पबाट सबैभन्दा बढी मानिय क्षति पाँचखाल नगरपालिका र चण्डेनी मण्डन गाविसमा


बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पाँचवटा नगरपालिका रहेको काभ्रेमा सबैभन्दा बढी पाँचखाल नगरपालिकामा ५० जनाको मृत्यु भएको छ । बनेपा र काशिखण्ड नगरपालिकामा ३÷३ जनाको मृत्युभएको छ । त्यस्तै ७६ वटा गाविस मध्ये सबैभन्दा धेरै चण्डेनीमण्डनमा ३३ को मृत्यु भएको छ ।
ज्याम्दी ३०, महादेवस्थानमा २७, नयाँगाउँ देउपुर र गैरिविसौना गाविसमा २१÷२१ जना, बालुवापाटी देउपुरमा १८, भूम्लुटारमा १४, दोलालघाट, खरेलथोक, बनखुचौर र फलाटेमा ८÷८ जनाको मृत्युभएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । त्यसैगरी जैसीथोकमा ७, कोशीदेखामा ६, उग्रचण्डीनाला र पोखारीनारायणस्थान ५÷५, बिर्ता देउराली र टुकुचानाला ४÷४ को मृत्यु भएको छ ।
मंगलटार, सस्यूखर्क, कलातीँभूमिडाँडा, महेन्द्रज्योति, गोकुले र सिमथली २÷२ जनाको मृत्युभएको छ । जिल्लाको कोलातीभूम्लु, नासिकास्थान, शंखुपाटिचौर, काभ्रे, पात्लेखेत, ढुंखर्क, फलामेटार, डाँडागाउँ, महादेवटार, पोखरीचौरी, गोठपानी, धुसेनि शिवालय, कात्तिके देउराली र भिमखोरीमा १÷१ जनाको ज्यान गएको समितिले जनाएको छ ।
भूकम्पमा परेका १ हजार ७ सय ५२ महिला र १ हजार ३४० पुरुषको उद्धार गरिएको छ । ज्यान गुमाउने गाविसहरुमा हरेक मृतक ४० हजारका दरले किरिया खर्च उपलब्ध गराउने कार्य चलिरहेको स्थानीय विकास अधिकारी एवं जिल्ला दैवि प्रकोप उद्धार समितिका सदस्य सचिव चिरञ्चिवी तिम्सिनाले बताउनुभयो ।

धेरै पटक पढिएको