अझै गर्मी केहीदिन रहने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

अझै गर्मी केहीदिन रहने

जेठ २५,  
मनसुन सुरु हुनु अझै केही समय लाग्ने भएकाले गर्मी बढ्ने भएको छ । मौसम पूर्वानुमान शाखाले अझै केहीदिन गर्मी कायम रहने बताएको छ ।
मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वाअनुमान मशाखाका मौसमविद् मीनकुमार अर्यालले मनसुन सुरु हुन अझै केही समय लाग्ने बताउनुभयो ।
 पूर्वभन्दा पश्चिम क्षेत्रमा गर्मी बढी रहेको छ । काठमाण्डुमा भोलि दिउँसो दिउँसोसम्म मौसम उस्तै रहने र दिउँसोबाट केही बदली हुने उहाँले बताउनुभयो ।
पूर्वि नेपालमा भोलिबाट केही कम हुने र पश्चिम नेपालमा ४–५ दिन उस्तै मौसम रहने पनि विभागले अनुमान गरेको छ । गर्मिमा स्वास्थ्यलाई ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

धेरै पटक पढिएको