काभ्रेका भुकम्प पिडितलाई प्रभावकारी रुपमा राहत वितरण सुरु, हालसम्म ३१४ जनाको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेका भुकम्प पिडितलाई प्रभावकारी रुपमा राहत वितरण सुरु, हालसम्म ३१४ जनाको मृत्यु

अशोक महत, काभ्रे बैशाख २१
काभ्रेका भुकम्प पिडितलाई प्रभावकारी रुपमा राहत वितरण सुरु, हालसम्म ३१४ जनाको मृत्यु
गत शनिबार आएको विनाशकारी भुकम्पले काभ्रे जिल्लामा पनि ठुलो जनधनको क्षती भएको छ ।
भुकम्पमा परि काभ्रेमा हालसम्म ३१४ जनाको मृत्यु भएको छ भने घाईते ९ सय १७ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । भुकम्पका कारण जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सबै भन्दा बढी मानवीय र भौतिक क्षती पुगेको छ । सबै भन्दा धेरै पाँचखालमा ६२ जनाको मृत्यु भएको छ भने ज्याम्दीमा ३०, महादेवस्थानमा २७, चण्डेनीमण्डनमा २५ जना र अन्य विभिन्न ठाउँसहित कुल ३ सय १४ को मृत्यु भएको हो । भुकम्पका भग्नाबशेषहरुबाट ३ हजार ९२ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विनाशकारी महाभुकम्प गएको एक साता पछि मात्र काभ्रेका भुकम्प पिडितहरुलाई  प्रभावकारी रुपमा राहत वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले केहिदिन अगाडी नै राहत वितरण सुरु गरे पनि पिडितहरुसम्म राहत पुग्न सकेको थिएन ।
जिल्लाका धेरै प्रभावित ज्याम्दी, चण्डेनीमण्डन,जैसीथोक, सापिङ, चौबास, डाँडापारी क्षेत्रलगायत ६५ गाविसहरुमा राहतका समाग्री हेलिकप्टर मार्फत पु¥याउने कार्य भैरहेको छ भने १७ वटा गाविस लगायत नगरका केहि वडामा भने कुनै पनि राहत पुग्न सकेको छैन । पिडितहरुले खाद्यान्न भन्दा पनि पालको आवश्यकता बढी भएको उल्लेख गरेका छन् । यद्यपी जिल्ला प्रशासनले पनि पिडितहरुलाई त्रिपालहरु आवश्यक मात्रामा पु¥याउन नसकेको स्वीकार गरेको छ । यतिमात्र नभै सदरमुकामले छोएका नगरपालिका तथा गाविसमा समेत अनुगमन तथा राहतको टोलि अहिलेसम्म पुग्न नसकेकोप्रती पिडित आक्रशित बनेका छन् । सदरमुकामबाट करिब ६ किलोमिटरको दुरीमा रहेको महेन्द्रज्योती गाविसमा दुई जनाको मृत्यु र पाँच सय भन्दा बढी घरमा पुर्ण क्षती पुगेको भए पनि सबैले वेवास्ता गरेको प्रती स्थानीय दुखी भएका छन् ।
महेन्द्रज्योती गाविस १ की भुकम्प पिडित गोमा खड्का, आफुहरुको सोधीखोजी गर्न कोहि नआएको बताउदै भुकम्पले बालबालिका तथा गर्भवती महिलामा पनि ठुलो असर पारेको बताउदै यसो भन्नुहुन्छ..
सडक नपुगेका जिल्लाका विकट ठाउँहरुमा मौसम अनुकुल नहुनुले हेलिकप्टर जान नसक्दा राहत वितरणमा ढिलाई भएको बताउदै क्षेत्र नम्बर २ का सभाषद् रामहरि सुबेदी, जनता खुला आकासमा ८÷९ दिनसम्म बस्दा आक्रोशित हुनु स्वभाविक भएको र अब छिट्टै राहत सामाग्री सबै पिडितकोमा पुगिसक्ने बताउनुहुन्छ.
राहत व्यवस्थापनमा जिल्ला प्रशासन, संघसस्था राजनितिक दलका नेता, समाजसेवी, सेना, नेपाल प्रहरी सबै लागि परेको उहाँले बताउनुभयो । भुकम्पको प्रभाव विशेषगरी गर्भवती महिला तथा बालबालिकामा स्वास्थ्य र मानसिक रुपले धेरै परेको देखिएको छ । आफुहरु महिला तथा बालबालिका बचाउ अभियनमा पनि लागिरहेको बताउदै सभाषद् सुबेदीले भुकम्पले तर्सेका बालबालिकाहरुको मानसिक स्वास्थ्य परिक्षण गराउनुपर्ने उल्लेख गर्नुभयो .
पिडितलाई राहत पु¥याउने कार्य तिब्रताका साथ भैरहेको प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले बताउनुभयो । जिल्लाका सबै ठाउँमा राहत तत्कालै नपुगे पनि सबै भन्दा धेरै त्रिपालको माग रहेको बताउदै ढकालले अब २० हजार घर परिवारलाई राहत सामाग्री पु¥याउन बाकी रहेको बताउनुभयो ..
जिल्लाको दुर्गम गाविससहित सदरमुकाम नजिकै रहेका पिडितहरुलाई समान रुपले राहत पु¥याउनुपर्ने आवश्यकता देखिएको छ । प्रशासन तथा संघसस्थाले खाद्यान्न भन्दा पनि पहिलो प्राथमिता तत्काल त्रिपाल वितरणमा जोड दिनुपर्ने देखिएको छ ।
 अशोक महत, रेडिया नेपाल, काभ्रेपलाञ्चोक

धेरै पटक पढिएको