काभ्रेको ऐतिहासिक नगरी पनौतीमा ज्या पुन्ही जात्रा, पनौतीलाई असर गरेन भुकम्पले - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेको ऐतिहासिक नगरी पनौतीमा ज्या पुन्ही जात्रा, पनौतीलाई असर गरेन भुकम्पले

अशोक महत,  जेठ १९ गते
काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक नगरी पनौतीमा आज ज्या पुन्ही जात्रा सम्पन्न भएको छ । भुकम्पको पिडालाई विर्साउदै काभ्रेलीहरु जात्रामा सहभागी रहे । नेवार समुदायले मनाउने जात्रा भएपनि प्राचिन कालदेखि सबै समुदायहरुले जात्रामा सहभागिता जनाउने गरेका छन् ।
प्रत्येक जेठ पूर्णिमाको दिन मनाईने जात्रामा उन्मत्त भैरव र भद्रकालीको रथलाई मिलन स्वरुप तीन पटक जुधाएर अविर छ्यापाछ्याप गरेर यो जात्रा मनाईन्छ ।
विनाशकारी भुकम्पका बाबजुत पनि भक्तजन तथा दर्शकहरुको ठुलो भिड र उल्लेख्य सहभागिता रहेको बताउदै पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेश सैंजू यसो भन्नुहुन्छ
बल्थली गाविस ७ का मिनबहादुर तामाङको पनि भुकम्पले ढलेको छ । पालमा बसिरहनुभएका उहाँ सरकारले दिने जस्तापाताको पर्खाईमा हुनुहुन्छ । आफ्नो खेतबारीको काम सकेर मनको पिडा विर्साउन पनि जात्रा हेर्न आएको तामाङ बताउनुहुन्छ.
विश्व सम्पदा सूचीमा सूचिकृतका लागि प्रस्तावित पनौती नगरलाई बैशाख १२ र त्यसपछि आएका विभिन्न भुकम्प तथा पराकम्पनहरुले कुनै असर गर्न सकेन । १९९० सालको भुकम्पका समयमा पनि पनौतीका कुनैपनि घर नभत्केको बुढापाकाहरु बताउँछन् ।
पनौतीका ५,६ र ७ वडाहरु सिंगो एउटा ढुंगामाथी रहेको किंबदन्ती रहेको छ । जसका कारण सांस्कृतीक पनौती बजार र वरपरका बस्तीहरुमा भुकम्पको महसुुश भएपनि क्षती भने नभएको बताउँदै सैंजू सय वर्ष पुराना घर भने हल्का चर्केको बताउनुहुन्छ..
भुकम्पको पराकम्पन विस्तारै कम हुदै गएको छ । विद्यालयहरु पनि खुलिसकेका छन् । यसरी जिल्लाका सर्वसाधारण आम नागरिकहरु मनको पिडा र डर त्रासलाई विर्सदै आफ्नो कामकाजका साथसाथै चाँडपर्व मनाउदै जनजिवन सामान्य बनाउन तर्फ लागिरहेका छन् ।
       अशोक महत, रेडियो नेपाल, काभ्रेपलाञ्चोक

धेरै पटक पढिएको