काभ्रेका विद्यालयहरु आजबाट खुले - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेका विद्यालयहरु आजबाट खुले

अशोक महत, जेठ १७ गते 
भुकम्पका कारण एक महिनादेखि बन्द भएका प्रभावित १४ जिल्लाका विद्यालय आजबाट खुलेका छन् ।
गत बैशाख १२ गतेको भुकम्पबाट ठप्प भएको पठनपाठन जेठ १ गते सञ्चालन गर्ने तयारी भईरहदा बैशाख २९ गते फेरी अर्को ठुलो भुकम्प गएपछि सरकारले नै शिक्षक विद्यार्थीको हितमा ध्यान दिदै जेठ १७ गतेसम्मलाई विद्यालय बन्दको घोषणा गरेको थियो ।
यस्तै प्रभावित जिल्ला मध्येको काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरु आजबाट खुलेका छन् । जिल्लाका सबै विद्यालय खुलेपनि विद्यार्थीको संख्या भने न्युन रहेको छ ।
आजबाट विद्यालय खुलेर शिक्षक र विद्यार्थी जम्मा हुने वातावरण बनेको र विद्यार्थीलाई सहज वातावरण बनाउन विभिन्न क्रियाकलाप गर्दै केहि दिनमै नियमित पठनपाठन सुरु गर्ने बताउनुहुन्छ, सहायक जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाल.
पूर्ण रुपमा क्षति भएका विद्यालयहरुले पाल र टेन्टमा राखेर भएपनि मनोवैज्ञानिक ढंगले भुकम्पको डर हटाउन विभिन्न क्रियाकलाप गरिरहेको उहाँले बताउनुभयो ।
तर पनौती नगरपालिकास्थित कमलादेवी निम्न माध्यमिक विद्यालयमा २५ प्रतिशतमात्र विद्यार्थी उपस्थित भए । आफ्नो विद्यालयको ९ वटा कक्षा कोठा पूर्णरुपमा क्षती भएको बताउदै विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद दाहाल, विद्यार्थीहरुमा अझै डरको मानसिकता भएकोले केहि दिन विभिन्न मनोरञ्जनात्क क्रियाकलाप गराउने बताउनुहुन्छ
जिल्ला शिक्षा कार्यालयमा पालको लागि निवेदन दिए पनि अझै पाउन नसक्नाले खुल्ला चौरमा चर्को घाममा राखेर घुलमिल लगायतका क्रियाकलाप गर्न बाध्य भएको प्रधानाध्यापक दाहालले गुनासो गर्नुभयो ।
भुकम्पबाट क्षती भएका विद्यालयहरुको सरसफाई तथा मर्मतका लागि प्राथमिक विद्यालय तहका लागि ७५ हजार तथा उच्च मावि तहका विद्यालयलाई ३ लाखसम्मको बजेट निकासा गरिएको कार्यालयले जनाएको छ ।
एक महिनादेखि बच्चाहरुको पढाई अबरुद्ध हुदा चिन्तित बन्नुभएको धुलिखेलकी सुनिता लामा आफ्नो बच्चाको रेखदेख गर्दा अन्य काम गर्न नपाएको बताउदै विद्यालय खुल्दा खुुसी व्यक्त गर्नुहुन्छ.
निजि र सामुदायिक सहित ६ सय ९२ वटा विद्यालय रहेको काभ्रे जिल्लामा २ सय ८० वटा विद्यालयमा क्षती पुगेको छ भने, ९९ वटा विद्यालयमा पूर्ण रुपमा क्षती भएका छन् । ३ हजार २९ वटा कक्षा कोठामा भुकम्पका कारण क्षती पुगेको छ । जसमध्ये ८ सय ५० वटा कक्षाकोठा पुर्णरुपमा क्षतीग्रस्त भएका छन् भने ८ सय ९३ मध्यम र १ हजार ३ सय ८३ कक्षाकोठामा सामान्य क्षती पुगेको छ ।
भुकम्पका कारण काभ्रेमा मात्र १ सय ८ जनाबालबालिकाको ज्यान गएको छ जसमध्ये ३५ जना विद्यार्थीको मृत्यु भएको जिल्ला शिक्षा कार्यालयले उल्लेख गरेको छ ।
पूर्ण रुपमा क्षतीग्रत भएको जिल्लाका ९९ वटा विद्यालयलाई सम्वन्धित निकायले पाल अथवा टेन्टको व्यवस्था गरि विद्यार्थीलाई साथीसंगी र शिक्षकहरुसंग घुलमिल गराउने वातावरण बनाउनुपर्ने देखिएको छ ।
                 अशोक महत, रेडियो नेपाल, काभ्रेपलाञ्चोक


धेरै पटक पढिएको