७ वर्षिया भतिजीलाई बलात्कार पछि हत्या गर्ने रोशनलाई २७ वर्ष कैद सजाँय - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

७ वर्षिया भतिजीलाई बलात्कार पछि हत्या गर्ने रोशनलाई २७ वर्ष कैद सजाँय

अशोक महत, जेठ २३, काभ्रेपलाञ्चोक
७ वर्षिया भतिजीलाई बलात्कार पछि हत्या गरी पुर्ने उग्रतारा जनागाल ७ का रोशन वोगटीलाई जिल्ला अदालत काभ्रेले २७ वर्ष कैद सजाँय सुनाएको छ ।
बनेपाको ज्ञानज्योती विद्यालयमा कक्षा २ मा अध्ययनरत सलिना बोगटीलाई काका पर्ने रोशनले २०७१ असार ३० गते दिउसो गोठमा लगी बलात्कार गरी हत्या गरेका थिए ।
बलात्कार र हत्यामा संलग्न उनका साथी आयुश बाँनियाले रोशनले बलात्कार गरेपछि गरेका थिए ।
जिल्ला अदालत काभ्रेका न्यायाधिश कृष्णराम कोइरालाको इजलाशसले रोशनलाई हत्यामा २० वर्ष, हाडनाता करणीमा २ वर्ष र सामुहिक बलात्कारमा ५ वर्ष गरी २७ वर्ष कैद सुनाएको छ भने, आयुशलाई २० वर्ष हत्यामा र सामुहिक बलात्कारमा ५ वर्ष गरी २५ वर्ष कैद सजायँका साथै जनही एक एक लाख जरिवना तोकेको छ ।
बालिकाले आमालाई भनिदिन्छु भनेपछि रोशन र आयुश मिलेर सलिनालाई मुन्टो भाँचेर हत्या गरी खोस्टामा पुरेर साँझ परेपछि बाघले लग्यो भन्दै जंगलमा खोज्न निस्केका थिए । खोस्टामा छोपेर राखेकी सलिनालाई आयुश र रोशनले मध्यरातमा जंगलमा पुरेर भोलिपल्ट विहानै आफै खोज्न निस्केका थिए ।
यस अघि पनौती २ सुब्बागाउँ स्थित छोरी बलात्कार गर्ने प्रकाशबहादुर कार्कीलाई जिल्ला अदालत काभ्रेले १० वर्ष सजायँ सुनाईसकेको छ ।

धेरै पटक पढिएको