काभ्रेमा भूकम्प पीडितका लागि परिचयपत्र र १५ हजार रुपैयाँ वितरण सुरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेमा भूकम्प पीडितका लागि परिचयपत्र र १५ हजार रुपैयाँ वितरण सुरु

अशोक महत, जेठ २४, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले घर पूर्ण रुपमा क्षति पुगेका पीडितहरुलाई परिचयपत्र र जस्तापाता खरिदका लागि १५ हजार वितरण गर्न सुरु गरिएको छ ।
जिल्ला दैवि प्रकोप उद्धार समितिद्धारा जिल्लाको कोशीपारी क्षेत्रमा पर्नेमा भूम्लटार गाविसबाट परिचयपत्र र रकम वितरण सुरु गरिएको हो ।
स्थानीय विकास अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव चिरञ्जिवी तिम्सिनाका अनुसार आज गोठपानी र धुसेनी सिवालयमा परिचयपत्र र रकम वितरण सुरु भएको छ ।
त्यस्तै समितिले जिल्लाको पाँच वाटै नगरपालिकाको खातामा रकम पठाइसकेको छ । नगरपालिकाहरुमा भोलीबाट परिचयपत्र वितरणको काम अघि बढ्ने समिलिले जनाएको छ ।
जिल्लामा ९ वटा गाविसले मात्रै समितिमा गाविसको तथ्याङका उपलब्ध गराएका छन् । प्रक्रिया पूरा गरेर आएका सबै गाविसलाई रकम भूक्तानीदिइने बताइएको छ । कतिपय गाविसमा अझै प्राविधिक समेत पुग्न सकेका छैनन् ।
भूकम्पमा परी जिल्लामा ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ६ हजार ६६६ जना घाइते भएका थिए । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ८० हजार ७ सय २० घरधुरी रहेका छन् । समितिले भूकम्पबाट जिल्लामा ५१ हजार १७० घर पूर्ण क्षतिग्रस्त र २३ हजार ८८६ घर आशिंक रुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ ।

धेरै पटक पढिएको