काभ्रेमा दुई गाविसमा सुख्खा पहिरो, सयभन्दा बढी घर परिवार जोखिममा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

काभ्रेमा दुई गाविसमा सुख्खा पहिरो, सयभन्दा बढी घर परिवार जोखिममा

अशोक महत, जेठ १४, काभ्रेपलाञ्चोक
वैशाख १२, १३ र २९ गतेको विनाशकारी महाभूकम्प र त्यसपछिका निरन्तरका कम्पनले पोखरीनारायणस्थान र महादेवस्थान गाविसमा सुख्खा पहिरो गएको छ ।
महादेवस्थान गाविस ३ को बगुवा पाखामा सुख्खा पहिरो गएको छ । पहिरोका कारण महादेव खोल्सा र अकशीमा रहेको खेतीयोग्य जमिनलाई सुख्खा पहिरोले मरुभूमिमा परिणत गरिदिएको छ । यस्तै जमिन भासिएर पहिरो आउन थालेको भन्दै जिल्लाको पोखरीनारायणस्थान गाविसको ३ र ४ नम्बर वडाका भूकम्पपीडितलाई अन्यत्र सार्ने तयारी भएको छ । डाँडाँबाट पहिरो आउन सुरु भएपछि दुई वडाका सर्वसाधारण संकटमा परेका छन् । पहिरोबाट दुई वडाका एक सयभन्दा बढी घर परिवार जोखिममा रहेका छन् ।
केहिदिन अघि अलिअलि माटो खसेपनि स्थानीयबासीहरु त्रसित बनेका थिएनन् । तर हाल गाउँमाथिको डाँडाँबाट माटो खस्ने क्रम बढेपछि स्थानीयबासी त्रसित बन्दै गएकाले प्रहरी र नेपाली सेनाले उक्त ठाउका स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले भुकम्पपछि पोखरीनाराणस्थान र महादेवस्थान गाविसको वडा नम्बर ३ र ४ पहिरोको जोखिममा रहेको बताउनुभयो । गाउँमाथिको जमिन भासिएका कारण पहिरोका जोखिम भएकोले वडा नम्बर ३ का करिब २२ परिवार गाउँ छाडेर खुल्ला स्थानमा आईसकेको बताउनुभयो ।

धेरै पटक पढिएको