टहरो बनाउन आफैँ जुटे काभ्रेलीहरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, June 07, 2015

टहरो बनाउन आफैँ जुटे काभ्रेलीहरु

अशोक महत, जेठ १२ गते २०७२
बिनाशकारी भुकम्पले काभ्रे जिल्लाका ५० हजार भन्दा बढी घरमा क्षती पु¥यायो । सुरु हुन लागेको वर्खाको हावाहुरीलाई पालले नथाम्ने देखिएपछि कसैको मुख नताकी काभ्रेलीहरु टहरो बनाउनतर्फ जुटेका छन् ।
बिनाशकारी भुकम्प गएको एक महिना वितिसक्दा जिल्लाका बजार पसलहरु पुर्णरुपमा खुलेका छन् भने जनजिवन सामान्य हुदै भएको छ । आफ्नो दैनिकी खेतबारीको कामको साथसाथै सुरु हुदै गरेको वर्षाबाट जोगिन युवाहरु जस्तापाता र काठको टहरो निर्माणमा जुटेका छन् ।
सुन्थान जामुने गाउँका स्थानिय युवाहरु मिलेर एक अर्काको टहरो निर्माणमा जुटिरहेका छन् । नयाँ तथा आफ्नो भत्केको घरको जस्ता झिकेर उनीहरुले टहरा निर्माण गरिरहेका हुन् । तर सरकारले पिडितका लागि भनेर छुट्याएको ६० बण्डल जस्ता पाता अहिलेसम्म पनौती नगरपालिकाले वितरण गर्न सकेको छैन् ।
वर्खा सुरु भैसकेको र पालले पानी र हावाहुरी नथमेपछि राहतस्वरुप आउने जस्तापातको आश नगरी आफ्नै खर्चमा टहरा निर्माणमा स्थानियहरु लागिपरेका छन् ।
स्थानिय युवा राजन थापा गाउँका सबैजना मिलेर आलोपालो एक अर्काको टहरो निर्माण गरिरहेको बताउँदै नयाँ जस्ताको टहरो बनाउदा मात्र खर्च र १५ हजारमा राम्रो टहरा बन्ने बताउनुहुन्छ..
यस्तै महेन्द्रज्योती गाविस १ ढाडाँगाउमा विदेशिएका युवाहरु आफ्नै गाउँमा फर्किएर टहरो निर्माणमा जुटेका छन् । अमेरिकामा अध्ययनरत विनोद बस्नेतको समूहले आफ्नै व्यक्तिगत पहलमा गाउँमा पूर्णरुपमा क्षती पुगेका र आर्थिक रुपमा विपन्न स्थानियलाई निःशुल्क ३० वटा टहरो निर्माण गरिहेका छन् ।
पिडितलाई खाद्यान्नको राहत भन्दा पनि बसोबासको खाचो रहेको बताउदै स्वयंमेसेवी विनोद बस्नेत भन्नुहुन्छ, अब पुननिर्माणतर्फ जानु पर्ने जरुरी देखिएको छ...
समग्र जिल्लाको जनजिवन सामान्य हुदै गएको र सर्वसाधारणले पराकम्पनहरुलाई सामान्य रुपमा लिदै गएको बताउँदै पनौती नगरपालिकाका प्रशाशकिय अधिकृत ईन्द्रप्रसार अधिकारी भन्नुहुन्छ, अब पनि जनजिवन सामान्य हुन सकेन भने विद्यालय पढाई र खेतबारीको काम छाडेर बस्दा आफैलाई क्षती हुने सर्वसाधारणले बुझिसकेको बताउनुहुन्छ....
यद्यपी, सडक नपुगेका र हेलिकप्टरबाट राहत पु¥याउनुपर्ने काभ्रे डाँडापारी क्षेत्रका बनखु, गोकुले, साल्धारा, डाँडागाँउ लगाएतका केहि ठाउँमा दुई दिनको पैदल हिडेर बाकेर जस्ता लैजान निकै कठिन छ । स्थानिय प्रशासनले छिट्टै सेना तथा विभिन्न संघसस्थाको सहकार्यमा उक्त स्थानहरुमा जस्तापातको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
बर्खायाम सुरु भैसकेको र एक महिनादेखिको विभिन्न भुकम्प र पराकम्पनहरुले कमजोर बनाएको पहाडीक्षेत्रमा पहिरोको खतरा बढेको छ । वर्षासंगै आउने हावाहुरीबाट सुरक्षित हुन कसैको पनि आश नगरी सामाजिक रुपमा आफैँ जुट्नुपर्ने बेला आईसकेको छ । सम्वधित निकायले पनि छिट्टै पिडित आर्थिक अवस्था कमजोर विपन्न बर्गलाई पालको विकल्प छिट्टै दिनुपर्ने देखिएको छ ।
              अशोक महत, रेडियो नेपाल, काभ्रेपलाञ्चोक


धेरै पटक पढिएको