समयमा नै लोकतान्त्रीक संविधान ; प्रधानमन्त्री कोईराला, केयुमा १ हजार २ सय ४६ जना विद्यार्थी दिक्षित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, December 12, 2014

समयमा नै लोकतान्त्रीक संविधान ; प्रधानमन्त्री कोईराला, केयुमा १ हजार २ सय ४६ जना विद्यार्थी दिक्षित


  अशोक महत, मंसिर २६
प्रधानमन्त्री सुशील कोईरालाले नेपालमा समयमा नै लोकतान्त्रीक संविधान आउने बताउनुभएको छ ।
आज काभे्रपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको २०औँ दिक्षान्त समारोहलाई सम्वोधन गर्दै कोईरालाले उक्त कुरा बताउनुभएको हो ।
विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री कोईरालाले संविधान नबन्ने भ्रमपूर्ण समाचारहरु आईरहेको र मुलुकमा शान्ति, लोकतन्त्र र विकास फसेका कारण स्थायित्व नभएको बताउदै समयमा नै संविधान आउने सबैमा विश्वास दिलाउनुभयो ।
सम्पन्न १८औँ सार्कको छोटो समयमा भएको विकासले गरेदेखी सबै कुरा सम्भब भएको बताउदै आफु नेपालको भविष्यप्रति निकै आशाबादी रहेको उल्लेख गर्नुभयो।
कोईरालाले अन्य दलतर्फ संकेत गर्दै संविधान बनाउने बेलामा विद्रोहको कुरा उठेको र मुलुक विकासतर्फ अग्रसर भैरहेका बेलामा कुनै बाधा व्यबधान गर्न नहुने उल्लेख गर्दै  तपाईहरु शान्ति अमनचयन दिनुस् आफु विकास दिने विश्वास दिलाउनुभयो।
प्रधानमन्त्री कोईरालाले काठमाडौँ विश्वविद्यालयले चिकित्सा, विज्ञानप्रविधि, व्यवस्थापन, कला र शिक्षाको क्षेत्रमा अन्र्तराष्ट्रियस्तरको सक्षम जनशक्ति तयार गरेर देशलाई ठुलो योगदान पु¥याएको उल्लेख गर्नुभयो ।
दिक्षन्त समारोहमा विभिन्न विधाका १ हजार २ सय ४६ जना स्नातक विद्यार्थी दिक्षित भएका छन् ।
दिक्षान्त समारोहमा स्कुल अफ साईन्स तर्फ १ सय ९१, स्कुल अफ इन्जिनियरिङ तर्फ २ सय ५९, स्कुल अफ म्यानेजमेन्ट तर्फ ४ सय १, स्कल अफ एजुकेशन तर्फ ७०, स्कुल अफ आर्टस तर्फ २ सय ४२ र पहिलो चरणमा दिक्षित हुन छुटेका मेडिकल तर्फबा ८३ जना गरी कुल १ हजार २ सय ४६ विद्यार्थी दिक्षित हुनेछन्।
समारोहमा संस्थापक उपकुलपति सुरेशराज शर्माले सुरु गर्नुभएको सिभिल ईन्जिनियरिङको पिएचडी, बायोटेक्नोलोजीको पीएचडी र ब्याचरल इन नर्सिङ साईन्समा उपाधि प्रदान गरिएको छ ।
कुलपति कोईरालाल आज दिक्षित भएका चिकित्सा क्षेत्रका सबै विद्यार्थीहरुले आफूले आर्जन गरेको ज्ञान र सिपलाई सेवा भावले व्यवहारमा उर्तार्दै जनता, समाज र देशप्रति सर्मपण गर्ने विश्वास लिएको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजू श्रेष्ठले दिक्षित विद्यार्थीहरुलाई बधाई दिदै आफ्नो समुदायको सर्वाङ्गीण विकासका लागि अमूल्य योगदान गर्न सक्षम भएको विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालयको स्थापना २०४८ सालमा भएको हो ।

धेरै पटक पढिएको