टिपर दुर्घटनामा १ जनाको ज्यान गयो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, December 08, 2014

टिपर दुर्घटनामा १ जनाको ज्यान गयो

अशोक महत, मंसिर २२
काभ्रेमा आज भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्र्तगतको ४९ किलोमा आज बिहान पौने ११ बजे भएको दुर्घटनामा टिपर चालक पनौती नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षका सुवास खत्रीको घटनास्थमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
तिब्र गतिमा रहेको उक्त टिपर पाँचखालबाट दोलालघाटतर्फ जाने क्रममा सडकबाट करिब ३० फिट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिपरका सहचालक धादिङ आरुबोट– ५ का १७ वर्षिय राहुल खत्री गम्भिर घाईते भएका छन् । घाईते खत्रीको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

धेरै पटक पढिएको